बिहिबार, माघ २३, २०७६ || 2251  पटक पढिएको

हिपमत डटकम
उदयपुर माघ २३ गते । उदयपुरको रौतामाई गाउँपालिका-७ स्थित खानिटारबाट ५०० ग्राम गाँजा सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-११ बस्ने २० बर्षीय सन्तोष बुढाथोकी र १८ बर्षीय सचिन बुढाथोकी रहेका छन । आज दिउँसो साढे १२ बजे भुटारबाट गाईघाट तर्फ जादै गरेको ना ५ ख १०५१ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार रहेका दुबैलाई उनिहरुले साथमा बोकेर ल्याएको ५०० ग्राम गाँजा सहित पक्राउ गरिएको हो । पक्राउ गरिएका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!