रातमाटे सामुदायिक बन उपभोक्ता समूहले गरो १० औ साधारणसभा :

झापा ।हल्दिबारी गाउँपालिका ३ मा रहेको रातमाटे सामुदायिक बन उपभोक्ता समूहले आफ्नो १० औ साधारणसभा आज पन्चायत मा• बि को प्राङ्गणमा सम्पन्न गरेको बन समितिका अध्यक्ष बिष्णु ओलिले जानकारी दिनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य वसन्त बानियाँ,अतिथिहरु झापा जिल्ला महासंघ सामुदायिक बन उपभोक्ता समूह अध्यक्ष वेद प्रकाश भण्डारी ,स्थानीय हल्दिबारी गाउँपालिका महासंघ अध्यक्ष हेमराज काफ्ले ,सव डिभिजन बन कार्यालय का रेन्जर कृष्ण प्र शिवाकोटी ,हल्दिबारी गाउँपालिका बन तथा वातावरण शाखा प्रमुख शर्मिला बिश्वकर्मा ,हल्दिबारी गाउँपालिका वार्ड नम्बर ३ वडाअध्यक्ष रोसन शिवाकोटी, विभिन्न बिधालयका प्र अहरु, जलथल प्रहरी चौकी का इन्चार्ज भरत कोइराला तथा बनकर्मी ,उपभोक्ताहरुको उपस्थिति रहेको लेखा समिती संयोजक अबिशेक खतिवडा “अबि” ले जानकारी दिनु भएको छ ।
पर्यापर्यटन लाई बिकास गरेर झापा लाई नै पर्यटन बिकास को गन्तव्यले अगाडि बढाउन सबै लाग्नु पर्ने र समुहलाइ आफ्नो भवन निर्माण गर्ने तथा बन्यजन्तु संरक्षण गर्ने जोड दिदै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य वसन्त बानियाँले मन्तव्य राख्नु भएको थियो।

कार्यक्रम मा अध्यक्ष ओलिले बार्षिक योजनको रुपमा पर्यापर्यटन बिकास ,चिल्ड्रेन पार्क निर्माण , भारतबाट फुलको आयतलाइ कमि लाउन फुलको व्यावसायिक खेती ,एक घर एक माहुरी कार्यक्रम , दुधकन्या मन्दिर
मा वरिपरि झाडि सरसफाइ ,वृक्षरोपण ,उपभोक्तालाई कुखुरापालन ,बंगुरपालनका लागि खोर बनाउन बाँस
उपलब्ध गराउने योजना तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो। कार्यक्रम संचालन समूहकि सचिब बिष्णु दुङ्गेल ले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!