हिपमत डटकम
काठमाडौं,२३ माघ: लण्डनस्थित सिटी बैंकमा कार्यरत भारतीय मुलका पारस साह निलम्बित भएका छन् । उनी बैंकको क्यान्टिनबाट स्यान्डविच चोरेको आरोपमा निलम्बित भएका हुन् । प्रसिद्ध बैंकर्स ३१ वर्षीय साहमाथि स्यान्डविच चोरेको आरोप लागेको छ । उक्त आरोपपछि उनलाई बैंकले निम्बित गरिदिएको छ । उनीमाथि लागेको आरोपपछि धेरैले धेरै तरिकाले उक्त घटनाको व्याख्या गरेका छन् । उनको प्रतिष्ठामा आँच पुर्याउन उक्त हर्कत भएको हुनसक्ने केही व्यक्तिहरुको राय भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनी रिस्क म्यानेजमेन्टमा दखल भएका थिए । उनी कम्पनीमा युरोप, मध्यपूर्व र अफ्रिकाका लागि धितोपत्र व्यापार गर्ने विभागका प्रमुख थिए । उनको वार्षिक तलब १० लाख पाउन्ड थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!