बिहिबार, माघ २३, २०७६ || 874  पटक पढिएको

हिपमत डटकम
ललितपुर, २३ माघ । नेपाल प्रहरीका पूर्व डिएसपी राजकुमार खिउजुलाई पक्राउ गरिने भएको छ । उनीविरुद्ध २१ वर्षीया महिलाले बुधबार साँझ जर्बजस्ती करणी गरेको किटानी जाहेरी दिएपछि पक्राउ प्रक्रिया अगाडि बढाइएको हो । महानगरीय प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिएकी ती महिलाको स्वास्थ्य परीक्षण भइसकेको र अदालतबाट पक्राऊ पूर्जी लिएर नियन्त्रणमा लिइने बुझिएको छ । ललितपुर प्रहरीका अनुसार किटानी जाहेरी आइसकेको छ र खिउजुलाई नियन्त्रणको तयारी भएको छ । खिउजु चापागाउँ वृत्तको डिएसपी हुँदा घटना भएको महिलाको अभियोग छ । जागिर खान प्रहरी रिपोर्ट बनाउन पुग्दा आफूलाई जर्बजस्ती गरेको र पछि ब्ल्याकमेल गरेर करणी गरेको महिलाले जाहेरीमा उल्लेख गरेकी छिन् ।

भक्तपुर घर भएका खिउजु राजीनामा दिएर बसिसकेका छन् । तिनै महिलासँगको विवादले तनावका कारण उनले राजीनामा दिएको बुझिएको छ । घटना मिलाउन पत्रकारलाई समेत प्रयोग गरेको आरोप लागेको छ । खोजतलास साप्ताहिकका प्रधानसम्पादक समेत रहेका राजु बस्नेतमाथि खिउजु र ती महिलाबीचको विवाद मिलाउन भूमिका खेलेको आरोप लागेको हो । यसबारे बस्नेतसँग सोध्दा आफूलाई नियोजित रुपमा मुछ्न खोजेको बताए ।

यसअघि प्रहरीकै अर्का अधिकृत सौरभ राणामाथि यस्तै प्रकृतिको अभियोगमा कारबाही अगाडि बढिसकेको छ ।

यसअघि जनआस्था साप्ताहिकले यस घटना बाहिर ल्याएको थियो । बर्दिधारी द्धारा राजधानीमा बलात्कार शिर्षकको समाचार यस्तो छः

प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउँजुले सरकारी शयन कक्षमा लगेर यौन दुव्र्यवहार गरे । घटना २०७५ मंसिर ३० गतेको हो । एक वर्ष नाघिसकेको, पिडीतले न्याय पाइनन् । बरु राजकुमार,उनकी पत्नी, साथी र पत्रकारसमेत मिलेर पिडितलाई धम्की र प्रलोभन दिने क्रम चलिरहेको छ । राजकुमार असईका भर्ना भई डिएसपीका रुपमा चापागाउँ कमाण्ड गरे लगत्तै राजीनामा दिएर घर गइसकेका छन् ।
चापागाउँ भन्दा परको महांकल गाउँपालिका घर भएकी सविना खड्का नाम परिवर्तनले गुरङ सेक्युरिटी कम्पनिमा गार्डको रुपमा जागीर खाने तयार गरेकी थिइन् । त्यसका लागि नजिकेको प्रहरी कार्यालयबाट पुलिस रिर्पोट ल्याउन भनिएको थियो । त्यही कामका लागि चापागाउँ प्रहरीमा पुगेकी थिइन् । देख्ने बित्तिकै डिएसपिले ‘पुलिस रिर्पोट यहाँबाट बन्दैन, जावलाखेल जानुपर्छ, तर चिया पिएर जानु’ भन्दै आफ्नो शयन कक्ष तिर लगे । पहिलोपटक प्रहरी कार्यालय पुगेकी सविनालाई त्यहाँको अवस्था र त्यसअनुसार केही थाहा थिएन ।
कोठामा भान्सेले चिया पकाईसकेपछि उनलाई डिएसपीले बाहिर जान भने । भान्से निस्किए पछि चिया पिउन थालेकी सविनाको गिलास रित्तिएकै थिएन, डिएसपी हात अनुहारतिर सोझियो । माया गरे जस्तो उनले भने ‘तिमी एकदम राम्री छ्यौ…. ।’ सविना अक्क न बक्न परिन् । त्यसपछि खिउँजुले छातितिर हात लगे । सविना अलिकती पछाडी सरेर ‘नगर्नु सर’ भन्दै थिइन् । खिउजुले ‘केही हुन्न के केही हुन्न’ भन्दै कपडा नै खोल्न थाले । सविनाले सक्दो प्रतिकार गरिन् ।
तर हाकिमको कोठामा हल्ला नै गरेपनि उनले नबोलाए सम्म अरु पुग्ने अवस्था थिएन् । ढोकामा चुक्कुल, सबै झ्याल बन्द भएको अवस्थामा खिउँजुले यौन व्यवहार गरे । त्यसको भिडियो पनि रेर्कड गरे । सविनाले प्रतिकार गर्दा ‘मैले भिडीयो खिचेको छु , कतै गएर केही बोल्यो भने बर्बाद पारिदिन्छु ।’ भन्दै धम्की दिन थाले । युनिर्फममा नै आफूमाथि यौन दुव्यवहार गरेपछि डिएसपी त त्यहाँबाट झरे । अफिस कोठामा छिरे , सविना चाही निकै बेरसम्म रोएर बसिन् । निस्कन खोजीन तर जीवनमा पहिलो पटक कुनै पुरुषले उनको शरीरमा जबरजस्त धावा बोलेको छ । उनी घाइते भएकी छिन् । उठेर हिड्न सकिनन् । बल्लबल्ल भित्ता समातेर कोठाबाट निसीकइन् । र प्रहरी कार्यालयको कम्पाउण्ड बाट बाहिर पुगिन् ।
२०७६ जेठपछि खिउजुले कहिले प्रलोभन कहिले धम्की दिनेक्रम चलिरह्यो । उनको मोवाइलमा धम्कीका म्यासेज आउन थाले । सविनाका बुबालाई तेरो छोरी मारिदिने जस्ता शब्द प्रयोग गरी फोन आएका थिए । त्यहि महिनामा नै खिउजुको सरुवा भयो । उनले बस्नेत थरका पत्रकार लगाएर धम्काएका थिए । विभिन्न समयमा विभिन्न तरिकाले सविनालाई धम्काउदै आएका छन् । यतिबेला सविनाले डिप्रेशनको औषधी खान थालेकी सविनाले उजुरी गर्न जाने बित्तिकै सुचना पाईहाल्ने र धम्की दिने, मान्छेहरु पठाउने काम खिउजुले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!