बिहिबार, माघ २३, २०७६ || 1370  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२३ माघ: नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टाचारको मुद्दा दायर भएपछि आगामी रणनीतिबनाउन कानुन व्यवसायीहरुसँग परामर्श गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमिततामा गच्छदारमाथि विशेष अदालतमाभ्रष्टाचारको मुद्दा दायर गरेको थियो । विहीबार विहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी र पार्टी निकट कानुन व्यवसायीबीच छलफल भएको हो । सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार, महामन्त्री शशांक कोइराला,कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पुष्पा भुषाल, ज्ञानेन्द्र कार्की, सुरेन्द्र पाण्डे र सरिता प्रसाई छलफलमा उपस्थित थिए। कानुन व्यवसायीका तर्फबाट डेमोक्रेटिक लयर्स एसोशिएसन (डिएलए)का अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, पूर्वअध्यक्ष भरतप्रसाद खरेल, कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएशन महासचिव लिलामणि पौडेल र बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे,सीताराम केसी र एकराज पोखरेल छलफलमा सहभागी थिए । छलफलमा उनीहरुले सरकारसँग बुझ्ने र अदालत जाने बाटो खुला रहेको सुझाव दिएका हुन् ।त्यसका लागि कसरी जाने भन्ने बारेमा संविधान, कानुन अध्ययन गरेर थप सुझाव दिने बताएका थिए । साथै काँग्रेसले गच्छदारविरुद्ध दायरमुद्दाको विषयमा पार्टीका साथै भ्रातृ संस्थाहरुलाई संघर्षमा उतार्ने रणनीति लिएको छ । यसैबीच काँग्रेसले संघीय संसदको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ । यस विषयमा थप जानकारी गराउन बिहीबार अपराह्न सवा ४ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!