
बीरेन्द्रकुमार साह
बिराटनगर ,

थारु भाषाको गायनमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका निकिता मण्डल थारुले अलमोडा राणा उप्रेती को तिमी म सँग गीतको फिमेल भर्सनमा आफ्नो आवाज दिएकि छिन् । गीतमा अलमोडा राणा उप्रेतीकै सँगीत रहेको छ भने गीतमा आवाज दिएकी छिन् निकिताले ।गीतको भिडियो समेत निर्माण गरिएको छ। भिडियोलाई रञ्जित बल्लभ उप्रेतीले निर्माण गरेका हुन भने भिडियोलाई अलमोडाकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियो सार्वजनिक भएसँगै निकितालाई चौतर्फी रुपमा बधाई एवम राम्रो प्रतिक्रिया आईरहेको उनी बताउछिन्। यो भिडियो र गीतबाट मैले निकै नै आशा राखेको छु र सबैजनाले मन पनि पराईरहनु भएको छ उनले भनिन् ।
निकिता सानैदेखि गायनमा रुचि राख्थिन र उनले आफ्नो सपना पूरा गर्न दिनरात एक गरेर मिहनेत समेत गर्छिन् ।निकिताले थारु भाषामा थुप्रै गीतहरु गाईसकेकी छिन् कयौ थारु गीतत हिट पनि छ उनको। निकिताले थारु भाषामा मात्र नभएर नेपाली भाषामा पनि गीत गाएकी छिन् ।
मैले थुप्रै गीतहरु गाए तर मेरो ठूलो सँगीतकारहरुसग मिलेर काम गर्ने मेरो सपना थियो तर त्यो सपनाहरु पनि पूरा हुँदै छ। म गायक तथा सँगीतकार अलमोडा राणा उप्रेतीको ठूलो फ्यान हो। म उहाँलाई फलो पनि गर्छु। मेरो फेसबुकमा उहाँले गाउनु भएको गीत तिमी म सँगको आफैले गाएर भिडियो बनाएर हालेको थिए। उहाँले मेरो भिडियो हेर्नू भयो र मेरो आवाज उहाँलाई मन पर्यो। अनि उहाँले मलाई काठमाडौ बोलाउनु भयो। अनि यहीँ गीतको फिमेल भर्सन गाउन मलाई अवसर दिनु भयो म एकदमै खुशी छु। अहिले सार्वजनिक गरिएको यो गीत सबैले मन पराईदिनु भएको छ। आगामी दिनहरुमा अझै यस्तै गीतहरु बजारमा ल्याउने छु। यसरी नै माया गरिदिनुहोला अन्त्यमा म मेरो सम्पुर्ण शुभचिन्तकहरुमा धन्यवाद ब्यक्त गर्न चाहन्छु।