हिपमत डटकम
बिराटनगर,२३ माघ:गीतकार राजु बाबु श्रेष्ठको गीतमा गायिका जुनु गौतमको आवाजमा “बिहानी ।।” बोलको गीत सार्वजनिक भएको छ । “अजम्बरी” एल्बममा समाबेस रहेको यस गीतलाई संगीतकार अनिश श्रेष्ठले संगीत भरेका छन ।त्यस्तै यस गीतको भिडियोलाई नेपाली चलचित्र नगरीको सफल कोरियोग्राफर तथा निर्त्य निर्देशक प्रदिप श्रेष्ठले निर्देशन गरेका छन ।

करिब आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका लिड मोडलहरू चन्द्र पुलामी र मनिता खुलाल लाई फिचर्ड गरिएको यस गीतलाई फरक तरिकाले निर्देशक श्रेष्ठले तयार गरेका छन । गीतकार राजु बाबु श्रेष्ठको गीतहरुले नेपाली सांगीतिक आकाशमा सफलाता पाएका धेरै यस्ता गीतहरु छन र यो गीत पनि त्यहि सफलताको आकाशमा पुग्नेमा ढुक्क रहेको बताए संगीतकार अनिश श्रेष्ठले ।

करिब दुई दर्जन भन्दा बढी गीत गाइसक्नु भएको गायिका जुनु गौतमको यस गीतमा फरक गायकी पन सुन्न सकिने छ। यो गीत मैले अलिकति फरक तरिकामा गएको छु आशा छ गीतले दर्शक श्रोताको मनमा बास पक्कै पनि पाउने छ उनले भनिन ।गीतको भिडियो लाई युश ढकालले खिचेकाछन भने सम्पादन जितेन्द्र राजोपाध्याको रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!