हिपमत डटकम

बिहिबार, बैशाख २३, २०७८ || 459  पटक पढिएको

काठमाडौँ । नेपालका लोकप्रिय गायक प्रेमध्वज प्रधानको नि’धन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा नि’धन भएको भतिज मञ्जुकुमार प्रधानले बताए ।

१२ दिनदेखि सोही अस्पतालमा उपचाररत प्रधानलाई कोभिड सं’क्रमणको आशंका गरिए पनि उनको परीक्षणमा नेगेटिभ आएको भतिज मञ्जुकुमारले बताए । प्रधानका दुई छोराहरु अमेरिकामा छन् ।

१९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका प्रेमध्वजका ‘घुम्तीमा नआउ है’, ‘पर लैजाउ फुलहरु’, ‘नमान लाज यस्तरी’जस्ता दर्जनौं लोकप्रिय गीत छन् । प्रधानले नेपाल भाषाको गीत पनि गाएका छन् ।

संगीतकार लक्ष्मण शेषले पनि सामाजिक सञ्जालमा उनको निधनबारे लेखेका छन् । ‘अमर श्रष्टा तथा अजर-अमर गायक श्रद्देय प्रेमध्वज प्रधानको स्वर्ग महाप्रस्थानको खबर आयो । उहाँको अन्तिम श्रद्दाञ्जलीका लागि सुरक्षित रही नियमानुशार सहभागि भइदिनु हुन सम्पूर्ण श्रष्टा जगत र गीत संगीतसम्बन्धि सम्पूर्ण संघ संस्थाका पदाधिकारीज्युहरुलाई सुन्धारास्थित न्युरो हस्पिटलमा सहभागी भइदिनु हुन विनम्र अनुरोध गर्दछु’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!