हिपमत डटकम

मंगलबार, बैशाख २१, २०७८ || 482  पटक पढिएको

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणको परिवारलाई कोरोना भाइरस संक्रमण भएको छ ।

स्पटब्वाइमा प्रकाशित समाचारअनुसार दीपिकाको पिता प्रकाश पादुकोण, आमा उज्जला पादुकोण र बहिनी अनीशा पादुकोणलाई कोरोना संक्रमण भएको हो ।

प्रकाशका साथीका अनुसार दीपिकाको परिवारलाई १० दिन अघि नै कोरोना भाइरसको लक्षण देखिएको थियो । लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुलाई पोजेटिभ देखिएको हो ।

दीपिकाको पिता बेङलोरको एक अस्पतालमा भर्ना भएका छन् । उनी आगामी सातासम्म डिस्चार्ज हुनेछन् ।

‘करिब १० दिन अघि प्रकाश, उनकी पत्नी र छोरी अनीशालाई कोरोनाको लक्षण देखिएको थियो । त्यसपछि उनीहरुले स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो । पोजेटिभ रिपोर्ट देखिएपछि उनीहरुले होम आइसोलेट गरे पनि प्रकाशमा ज्वरोको मात्रा बढेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो’, प्रकाशका एक साथीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!