हिपमत डटकम

मंगलबार, बैशाख २१, २०७८ || 898  पटक पढिएको

काठमाडौं । सलमान खानको चर्चित रियलिटी–शो ‘बिग बोस–१४’ की विजेता रुविना दिलैकलाई पनि कोरोना संक्रमण भएको छ । रुविना दिलैक आफैले सोसल मिडियामार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

आफूलाई कोरोना संक्रमण भएसँगै रुविनाले केही दिन अगाडिसम्म आफ्नो सम्पर्कमा रहेका सम्पूर्णलाई कोरोना टेष्ट गराउन अपील समेत गरेकी छन् ।

उनले सोसल मिडिया इन्स्टाग्राममा भनेकी छन्, ‘मैले सँधै सकारात्मक देख्दै आएकी छु । म पनि अब एक महिनापछि प्लाज्मा डोनेट गर्नका लागि एलिजिबल हुनेछु । कोरोना रिपोर्ट पोजेटिभ आयो । पछिल्लो ५ दिनसम्म मेरो सम्पर्कमा रहनुभएका सम्पूर्णले पनि कोरोना टेष्ट गराउन अनुरोध गर्दछु ।’

त्यस्तै, उनले १७ दिनको लागि होम क्वारेन्टाइनमा बसेकी पनि जानकारी दिएकी छन् । कोरोना पुष्टि भएको जानकारीसँगै उनका साथी सर्कल तथा फ्यानहरुले सोसल मिडियामार्फत् रुविनाको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!