हिपमत डटकम

मंगलबार, बैशाख २१, २०७८ || 642  पटक पढिएको

काठमाडौं । साउथका सुपरस्टार अल्लु अर्जुनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सुपरस्टार अल्लु अर्जुन आफैले सोसल मिडिया ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

अहिले उनी होम आइसोलेसनमा रहेका छन् । उनलाई केही दिन अगाडिसम्म आफ्नो सम्पर्कमा रहेका सम्पूर्णलाई कोरोना टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ भएको छ । मैले आफूलाई आइसोलेट गरेको छु । म सँग सम्पर्कमा रहनुभएका सबैले कोरोना टेष्ट गर्नुहुन अनुरोध गर्दछु ।’

त्यस्तै, उनले आफू ठीक रहेको बताउँदै आफ्नो विसर्स तथा फ्यानहरुलाई चिन्ता नगर्न आग्रह पनि गरेका छन् । उनले सबैलाई घरमै बस्न र सुरक्षित रहन आग्रह गर्दै अवसर पाएमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अपील पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!