हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 778  पटक पढिएको

प्रतिबन्धित लागूऔषधको किनबेचमा संलग्न भएको आरोपमा दुईजना प्रहरी पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले प्रहरी जवान नरेन्द्रसिंह नगारी र प्रेमराम ओडलाई पक्राउ गरेको हो ।

 

ब्युरोका डीएसपी योगेन्द्र खड्काका अनुसार उनीहरुलाई शुक्रबार डल्लु क्षेत्रबाट पक्राउ गरिएको हो । ‘उनीहरुको साथबाट औषधिजन्य लागूऔषध डाइजेपाम, फेनारगन र नुर्फिन गरी १ सय ८६ एम्बुल बरामद भएको छ’, उनले  भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

 

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार उनीहरु लागूऔषध विक्री गर्न गएका बेला पक्राउ गरेका हुन् । नगारी र ओड स्वयम् दुर्व्यसनी हुन्/होइनन् भन्ने चाहिँ खुलिनसकेको खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!