हिपमत डटकम
काठमाडौं,२२ माघ : आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको छ । बुधवार कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो ।
ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन जोडेको थियो । तर नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन समेटिन पुग्यो । नेपालको ब्याटिङमा उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३६, सन्दीप लामिछानेले २७ र विनोद भण्डारीले २६ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा समेत रन छुन सकेनन् ।
तर, शरद भेषावकरले अर्धशतक बनाए पनि टिमलाई जितका लागि प्राप्त भएन । नेपालका लागि करण केसीले ४ र सुशन भारीले ३ विकेट लिएका थिए ।
नेपालको खेल हेर्नका लागि उल्लेख्य संख्यामा क्रिकेटप्रेमीहरु त्रिवि क्रिकेट मैदान पुगेका थिए ।