बुधबार, माघ २२, २०७६ || 1261  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२२ माघ :संसारकै सबैभन्दा विषालु विरुवा अस्ट्रेलियामा पाइने गिम्पी गिम्पीलाई मानिन्छ । यो विरुवालाई ‘सुसाइड प्लान्ट’ भनेर पनि चिनिन्छ ।यसको पातहरु हाम्रोतिर पाइने सिस्नोजस्तै मसिनो पोल्ने रौजस्ता काँडाहरुले भरिएका हुन्छन्, जसलाई हाम्रो छालाले छुँदा अत्यन्तै पोल्ने र भत्भताउने खालका हुन्छन् । यसले दिने पीडालाई त कतिपय पीडितले एसिडले पोलेको र विजुलीको झट्का लागेको जस्तो हुने भनी बताएका छन् ।

डेन्ड्रोक्नाइड (Dendrocnide) जिनसमा पर्ने यो विरुवालाई छुँदा पात वा डाँठका खोक्रो झुस हाम्रो छालामा घुस्छ । त्यो घुसेपछि हामीलाई अत्यन्तै पीडादायी डसेको अनुभूति हुन्छ । यो केही घण्टादेखि कैयनदिनसम्म रहिरहन सक्छ । यो कुरा चाहिँ त्यो विरुवाको झुस हाम्रो छालामा कति घुसेको छ भन्ने कुरामा पनि निर्भर गर्छ । कतिपय अवस्थामा त त्यो पीडा महिनौंसम्म पनि रहिरहन सक्छ । अझ त्यो भागलाई छोइँदा, पानी पर्दा वा तापक्रममा परिवर्तन आउँदा पनि अत्यन्तै दुख्ने र पोल्ने हुन्छ ।

त्यो झुस पसेको शरीरको भागमा ससाना राता डाबर तथा फोकाहरु देखापर्न सक्छ ।

यो विरुवाको असरलाई कम गर्नको लागि पानी घोलेर नरम बनाइएको हाइड्रोक्लोरिक एसिडले काम गर्ने गर्छ । त्यसबाहेक, छालामा भिजेका झुसहरुलाई प्लगर वा चिम्चीले निकाल्दा पनि केही राहत मिल्छ । चिम्टीले निकाल्न नसकिने झुसहरुलाई छालामा टेप टालेर तान्दा पनि निस्कन सक्छ । तर छालाभित्र पसेका झुसले चाहिँ लामो समयसम्म दुःख दिन सक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!