बुधबार, माघ २२, २०७६ || 1316  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२२ माघ :आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले १ सय ९८ रनको लक्ष्य पाएको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार बिहान सुरु भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा १९७ रनको योगफल तयार पारेको हो ।

ओमानका लागि मोहम्मद नदीमले अद्र्धशतकीय पारी खेलेका थिए । उनले ६९ रन बनाए । त्यस अतिरिक्त सन्दीप गौडले ३३, मुहम्मद नसिमले २८, जसिम मकसुदले २० र अकिब इल्यासले १६ रन बनाए ।

बलिङतर्फ नेपालका सुशन भारी किफायती साबित भए । उनले १० ओभरमा १४ रनमात्र खर्चिएर तीन विकेट लिए । ‘विकेट टेकर’का रुपमा करण केसी प्रभावशाली रहे । उनले चार विकेट हात पारे । दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे ।

१० ओभर बलिङ गरेका सन्दीप लामिछाने भने विकेटविहीन रहे । उनले ४५ रन खर्चिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!