हिपमत डटकम
काठमाडौं,२२ माघ :आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग नेपाल पराजित भएको छ । बुधवार कीर्तिपुस्थित टीयू मैदानमा भएको खेलमा ओमानसँग नेपाल १८ रनले पराजित भएको हो ।
ब्याटिङको निम्तो ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन जोडेको थियो । तर नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन समेटिन पुग्यो । नेपालले शुरु राम्रो रहेन ।
उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३६, सन्दीप लामिछानेले २७ र विनोद भण्डारीले २६ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा समेत रन छुन सकेनन् । तर, शरद भेषावकरले अर्धशतक बनाए पनि टिमलाई जितका लागि प्राप्त भएन । नेपालका लागि करण केसीले ४ र सुशन भारीले ३ विकेट लादा लिएका थिए ।