हिपमत डटकम

बिहिबार, बैशाख १६, २०७८ || 398  पटक पढिएको

प्रवासमा पनी नेपाली गीत संगीतमा सक्रिय गीतकार केशव बैरागी माइलोको शब्द सिर्जनामा ‘पल पलमा ‘ गीतको भिडियो द मानस क्रियसन मार्फत सार्वजनिक भएको छ । गायक विकाश लिम्बु र गायिका ममता गुरुङ्ग स्वर रहेको छ ।केशव बैरागी माइलोको शब्द सिर्जना तथा संगीतकार विकाश चौधरीको संगीतमा गीत तयार गरिएको छ ।

आकर्षक रुपमा तयार पारिएको भिडियोमा प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । इलामको रमणिय स्थानमा छायाँकन गरिएको भिडियो भएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गीतकार केशव बैरागी माइलोले बताए । पछिल्लो समयमा संगीतमा फरक पन ल्याउने र एक अलग धारको संगीत सिर्जना भएको कारणले पनी गीत ले सफलता पाउनेमा आफु निकै आशावादी रहेको संगीतकार विकाश चौधरीले बताए ।

विक्रम डिसीको छायाँकन , विर बहादुर थारुको सम्पादन ,ज्ञानु सुब्बाको कोरियोग्राफी तथा उषा मलाहा ‘सिम्रनको ‘ निर्देशन छ । ‘पल पलमा ‘ गीतको भिडियोमा आवृति कोइरोला र रेमन कटुवालको अभिनय रहेको छ ।

‘पल पलमा ‘गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!