हिपमत डटकम
काठमाडौं , २२ माघ :एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर २४ हजार ५०० भन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ४९२ को मृत्यु भइसकेको छ र मर्ने झण्डै झण्डै सबै जसो चीनका रहेका छन् । चीनको मुल भूमिभन्दा बाहिर हङकङका १ जना र फिलिपिन्सका १ संक्रमितको मृत्यु भएको घटना बाहिर आएको छ । बाँकी मर्ने सबै चीनभित्रकै छन् ।

चीनको हुबेई प्रान्तमा रहेको वुहानबाट सुरु भएको प्रकोप नियन्त्रण गर्न चीनले कठोर कदमहरु उठाएको छ । यसका बावजुद प्रकोप नियन्त्रणको प्रयास सफल हुन सकेको छैन । चीनले विभिन्न सहरका यातायात र समूहमा भेला हुने कार्यलाई रोकथाम लगाएको छ । यसबाट ६ करोड मानिस प्रभावित भएको बताइन्छ ।

भाइरस संक्रमितको ठूलो संख्या चीनकै छन् । चीनबाहिर २५ देशमा २३० संक्रमणको केस भेटिएका छन् । केही देशले चिनियाँहरुको प्रवेश निशेष गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!