हिपमत डटकम

बुधबार, बैशाख १५, २०७८ || 389  पटक पढिएको

निर्माता तथा अभिनेत्री उमा बेबी गिरी नयाँ फिल्मको तयारीमा जुटेकी छन् । निर्देशक आकाश अधिकारीसँगको सहकार्यमा उनले नयाँ फिल्म बनाउन लागेकी हुन् । केही दिन अगाडि दुबैले सहकार्यमा ‘त्यो तिम्रो चोखो प्रेमको नजरमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । जसका दुबैको अभिनय देख्न सकिन्थ्यो ।

आकाससँग मिलेर बनाउन लागेको फिल्मको अहिले लेखन कार्य भैरहेको उमाले बताइन् । फिल्मको लोकेसन हेर्न कार्यसमेत भैरहेको उनको भनाई रहेको छ । फिल्म नेपाल र सिक्किममा खिचिने योजना बनेको छ ।
द स्काइ मुभिज र उमा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मलाई आकाश स्वयंले निर्देशन गर्नेछन् । कोरोना कहरको ‘स्थिति सामान्य भएपछि फिल्म छायाँकनका लागि फ्लोरमा निस्कने तयारी हाम्रो छ’ उमाले भनिन् । फिल्ममा उमाको पनि अभिनय रहनेछ । अन्य कलाकार छनौटको क्रममा छन् ।

उमाले यसअघि ‘कहिँ कतै’, ‘इशारा’ लगायतका फिल्म निर्माण गरेकी थिइन् । निर्देशक अधिकारी पनि लकडाउनपछि अभिनेताद्वय सौगात मल्ल र शिव श्रेष्ठलाई लिएर नयाँ फिल्म बनाउने तयारीमा जुटेका थिए । कोरोनाको दोस्रो लहर सुरु भएकोले उक्त तयारी अहिले रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!