हिपमत डटकम

बुधबार, बैशाख १५, २०७८ || 1844  पटक पढिएको

संसारकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनमा पाँच दशकपछि पहिलो पटक जनसंख्या घट्ने भएको छ।

फाइनान्सियल टाइम्सका अनुसार चीन सरकारले छिट्टै सार्वजनिक गर्न लागेको नयाँ जनगणनाको तथ्यांकमा जनसंख्या घटेको छ।

अहिले चीनको जनसंख्या १ अर्ब ४० करोड भएको मानिन्छ। नयाँ जनगणनामा जनसंख्या कति घटेको छ भन्ने खुलेको छैन। चीनमा गत डिसेम्बरमा जनगणना सकिएको थियो। यही महिनाको सुरूमा नयाँ जनसंख्याको तथ्यांक सार्वजनिक गर्ने भनिएको भए पनि केही थप तयारी गर्नु पर्ने भनेर सार्वजनिक भएको छैन।

चीनमा सन् १९४९ मा कम्युनिष्ट पार्टीले सत्ता चलाउन सुरू गरेको थियो। त्यसयता सन् १९५९-६१ मा चीनको जनसंख्या घटेको थियो।

जनसंख्याको वृद्धिदर निकै बढेपछि सन् १९८० मा चीनले एक बच्चामात्रै जन्माउन पाउने नीति लागू गरेको थियो।

३५ वर्षपछि सन् २०१५ मा चिनियाँ अधिकारीहरूले एक बच्चाको नीति हटाएर एक दम्पतीले दुई बच्चा जन्माउन पाउने बनाए पनि चीनमा जनसंख्या बढ्न नसकेको हो।

जनसंख्या घटेपछि चीनको आर्थिक विकासमा असर पर्न सक्ने विज्ञहरूले बताएका छन्। युवा जनशक्ति भएकै कारण चीनले पछिल्लो समय उत्पादनमा आफूलाई विश्वकै केन्द्र बनाएको थियो।

काम गर्ने उमेर समूहका मानिसहरू घट्दै जाने र बुढ्यौली लागेका मानिसको संख्या ठूलो हुन थालेपछि जनशक्तिको अभाव हुन्छ। अहिले नै कतिपय विकसित मुलुकको जनसंख्या वृद्धिदर ऋणात्मक भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!

Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents() #1 [internal function]: wfWAFStorageFile->saveConfig() #2 {main} thrown in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34