हिपमत डटकम
काठमाडौं , २२ माघ :एक्सन सुपरस्टार नायक निखिल उप्रेतीकि साली तथा नायिका संचिता लुइँटेलकि बहिनी सिवानी लुइँटेलको बिवाह भएको छ । धुमधाम संग भएको बिवाह समारोहमा नेपालका ख्याती कमाएका कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । सिवानी संचिताको कान्छी बहिनि हुन् । उनले राज अर्थात भेर्गो कास्यप संग लगनगाठो कसेकी हुन् । लामो समय देखि अमेरिकामा बस्दै आएका राज मोडल तथा डान्सर हुन् ।
सिवानी र राजको लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । निखिलको निर्माण तथा अभिनयमा बन्ने फिल्म कमिटमेन्ट सिक्स्टी आवरमा सिवानी प्रमुख भुमिकामा थिइन् । यसै फिल्मबाट नेपाली सिने नगरिमा डेब्यु गर्न लागेकी सिवानीलाई पहिलो गासमै ढुङ्गा पर्यो । अर्थात फिल्मको छायांकन आधिमै रोकिएको छ । सिने नगरिमा आउने चर्चा चलेदेखी उनको रुपरङको खुबै तारिफ भएको थियो । हेर्नुस् उनको बिवाहको केही तस्वीरहरु