खबर ठुलो छ

हिपमत डटकम
काठमाडौं , २२ माघ : निकै समय अघिदेखि आदित्य नारायण र नेहा कक्कडको जोडीको असाध्यै चर्चा भइरहेको छ । इन्डियन आइडल सिजन ११ मा यी दुईको केमेस्ट्रीबारे पनि विशेष कुराकानी हुन्छ । यी दुईले अफ स्क्रिन नभई अन स्क्रिन विवाह गर्ने कुरा पक्कापक्की भएको छ । सोनीले एक भिडियो सेयर गरेको छ जसमा यी दुई रोमान्स गरिरहेको देख्न सकिन्छ ।

जारी गरिएको एक भिडियोमा यी दुई ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नाचिरहेका छन् । भिडियोको क्याप्सनमा लेखिएको छ, ‘१४ फेबुअरी-मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन् ।’ इन्डियन आइडलको मञ्चमा आदित्य र नेहाको परिवार पनि पाहुनाको रुपमा उपस्थित भइसकेका छन् । दुबैको परिवार पनि विवाहको लागि राजी छ ।

उदित नारायणले त निकै अघि यसमा स्विकारोक्ति दिइसकेका छन् । उदित नारायणका साथै उनकी श्रीमती दिपा नारायण पनि नेहालाई आफ्नो घरको बुहारी बनाउन चाहिन्छन् । इन्डियन आइडल ११ को सेटमा भ्यालेन्टाइन्स डे स्पेशल एपिसोडमा यी दुईले सात फेरो पनि लिने सोनी टिभीले बताएको छ ।

यसबाहेक नेहा कक्कड र आदित्य नारायणले पनि सोसल मिडियामा यसबारे जानकारी साझा गरेका छन् । नेहाले पनि इन्स्टाग्राममा एउटा फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘फेब्रुअरी १४’ । यस्तै आदित्य नारायणले पनि इन्स्टाग्राममा फोटो पोष्ट गर्दै लेखेका छन्, ‘मेरो मुटुको एउटा टुक्रा’ । उनीहरुको प्रेम र विवाहको यो फन्डा चर्चा कमाउने एउटा माध्यमको रुपमा प्रयोग गरिएको देखिएको छ ।

बुधबार, माघ २२, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया