वेस्टह्यामलाई १–० ले हराउँदै चेल्सीले इंलिस प्रिमियर लिगको चौथो स्थानमा स्पष्ट तीन अंकको अग्रता बनाएको छ । जितपछि चेल्सीको ३३ खेलबाट ५८ अंक र पाँचौ स्थानका वेस्टह्यामको समान खेलबाट ५५ अंक छ ।
खेलको ४३ औं मिनेटमा टिमो वेर्नरले चेल्सीका लागि गोल गरे । क्लब र देशका लागि खेल्दा पछिल्ला १४ खेलमा उनले कुनै गोल गर्न सकेका थिएनन् ।
प्रिमियर लिगको उपाधि होडमा शीर्ष स्थानको म्यानचेस्टर सिटी निकै अघि छ । उसले ३३ खेलबाट ७७ अंक बटुलेको छ । जबकी, सिटीलाई पछ्याइरहेको युनाइटेडको ३२ खेलबाट ६६ अंकमात्रै छ ।
तेस्रो स्थानको लेस्टरको ५९, चौथो स्थानको चेल्सीको ५८, पाँचौ स्थानको वेस्टह्यामको ५५, छैटौं स्थानको लिभरपुलको ५४, सातौं स्थानको टोट्टेनह्यामको ५३ र आठौं स्थानको एभर्टनको ५२ अंक छ । त्यसैगरी लिगको अन्त्यतिर आइपुग्दा शीर्ष चारको प्रतिस्पर्धा रोमान्चक बनेको छ । शीर्ष चारभित्र पर्ने टोली आगामी वर्षको च्याम्पियन्स लिगका लागि छनोट हुनेछन् ।