हिपमत डटकम

शुक्रबार, बैशाख १०, २०७८ || 935  पटक पढिएको

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को संङ्क्रमणको दोस्रो लहर दिन प्रतिदिन बढ्दै गइरहेको हुँदा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८।०१।०६ को बैठकले जारी गरेको नयाँ भेरिएन्ट सहितको कोभिड-१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ बमोजिम तपसिल बमोजिम गर्ने गराउने व्यवस्था मिलाउन सम्बन्धित सबैमा अनुरोध छ ।

तपसिल

(क) जिल्लाभरिका मठ, मन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी संवत् २०७८ साल वैशाख मसान्तसम्म नित्यपूजा, ध्यान र प्रार्थनामात्र गर्न, गराउन ।

(ख) मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ (पच्चीस ) जनाभन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी मात्र सञ्चालन गर्न, विवाह वा व्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नु पर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिई पच्चीस जनामा नबढ्ने गरी गर्नु हुन।

(ग) विराटनगर महानगरपालिकाभित्र रहेका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र) मा संवत् २०७८ साल वैशाख मसान्तसम्म भौतिक रूपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाईका विधिहरू अपनाई गतिविधि सञ्चालन गर्नु हुन ।

(घ) सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना,स्वीमिङ पुल, फुटसल, सभा, आम सभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम संवत् २०७८ साल वैशाख मसान्तसम्म बन्द गर्नु हुन ।

(ङ) विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्नु हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!