लिउडको संगीत उद्योगको चर्चित जोडी नदीम श्रवणमध्ये श्रवण राठोरको बिहीवार मृत्यु भएको छ ।

कोभिडपीडित श्रवणलाई मुम्बईको माहिमस्थित रहेजा अस्पतालमा भर्ना गरिएको थियो । उनी ४८ घन्टादेखि भेन्टिलेटरमा थिए । निकै कोशिश गरेको भए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन् ।

सन् १९९० को दशकमा सुपरहिट गीतहरू दिएका श्रवणको निधनले बलिउड स्तब्ध भएको छ ।

उनकी पत्नी र छोराले पनि उनको असन्तम दर्शन गर्न नपाउने भएका छन् । उनीहरू दुवैजनालाई कोभिड भएको छ र सेवन हिल्स अस्पतालमा भर्ना भएका छन् ।

वरिष्ठ गीतकार समीरले श्रवणको निधन मल्टिपल अर्गन फेलियरका कारण भएको बताए ।

श्रवणको मृत्युपछि नदीम रोएका छन् । उनले भने, ‘मेरा शानू बिते । हामी दुईले जिन्दगीको लामो समय सँगै बितायौं । सफलता र असफलता पनि सँगै देख्यौं । म एकदमै दुःखी छु र असहाय अनुभव गरिरहेको छु । श्रवणको परिवारलाई सान्त्वना दिन सशरीर उपस्थित हुन नपाउँदा म पीडामा छु ।’

एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!