हिपमत डटकम

बिहिबार, बैशाख ०९, २०७८ || 531  पटक पढिएको

बसलउडका सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’को ट्रेलर बिहीवार सार्वजनिक गरिएको छ ।

ट्रेलरमा याक्सन भरपूर छ । प्रशंसकहरूले खोजे जस्तो धाँसु रूपमा सलमान खान देखिएका छन् ।

फिल्म मे १३ मा सिनेमाघर र ओटीटी प्ल्याटफर्ममा एकैसाथ रिलीज गरिनेछ ।

वान्टेडको सिक्वेलका रूपमा आएको फिल्मले १०० करोड भारु सजिलै कमाउने अनुमान गरिएको छ ।

फिल्मका निर्देशक प्रभु देवा हुन् । उनैले वान्टेड बनाएका थिए ।

फिल्ममा दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्रोफ, गौतम गुलाटी र गोविन्द नामदेव पनि छन् ।

ज्याकलिन फर्नान्डिसको आइटम संग पनि छ । त्यसको झलक ट्रेलरमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!