हिपमत डटकम

बिहिबार, बैशाख ०९, २०७८ || 690  पटक पढिएको

अछाम । १५ दिनअघि भारतको गुजरातबाट अछाम फर्किएका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका वडा ६ भाग्यश्वरका ६५ वर्षीय पुरुषको बिहीबार बिहान जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशी बताए।

बुधबार बयालपाटा अस्पतालमा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुस्टि भएको थियो। कोरोना पुस्टिपछि उनलाई बुधबार नै जिल्ला अस्पतालको आइशोलेसनमा राखेर उपचार गरिएको थियो।

योसँगै अछाममा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!