मंगलबार, माघ २१, २०७६ || 814  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२१ माघ:अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको प्रारम्भिक चुनावी नतिजा प्रविधिमा आएको समस्याका कारण स्थगन भएको छ । मोबाइल एपमा रिपोर्टिङ प्रणालीमा देखिएको समस्याले पार्टीका नेता एवं समर्थकहरु निराश भएका छन् ।

आयोवा डेमोक्र्याटिक पार्टीले मङ्गलबार अपराह्न मात्र प्रारम्भिक नतिजा सार्वजनिक गर्ने जनाएको छ । पार्टीले मतपत्रमार्फत भएको मतदान र विद्युतीय मतदानलाई जाँच गरेर मात्र नतिजा सार्वजनिक गर्ने स्पष्ट गरेको छ ।

पार्टीका अध्यक्ष ट्रोए प्राइसले कम्प्युटर प्रणाली ह्याक वा कुनै अवरोधका कारण नभई रिपोर्टिङमा मात्र समस्या देखिएको स्पष्ट गरे । नयाँ मोबाइल एपमा समस्या रहेको पार्टीका समर्थकहरुले पहिल्यै औंल्याएका थिए । पार्टीले नतिजामा गडबडी नहोस् भन्नका लागि एक एक गरी मतपत्र गणना गर्न निर्देश दिएको छ ।

डेस मोइन्स काउन्टीका डेमोक्र्याटिक पार्टीका अध्यक्ष टम कर्टनीले पनि मोबाइल एपमा समस्या देखिएको भन्दै मतदाताहरुले गुनासो गरेको बताए । समस्याका बारेमा जानकारी गराए पनि पार्टीको केन्द्रीय कार्यालयले चित्तबुझ्दो जवाफ नदिएको बताए ।

अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुन बर्नी स्यान्डर्स, जो बाइडेन, पिट बुटिगीग समेतका वरिष्ट नेताहरु आयोवाको प्रारम्भिक नतिजालाई व्यग्रताका साथ पर्खिरहेका छन् । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीहरुले डेमोक्र्याटिक पार्टीभित्र फेरि प्रारम्भिक चुनावमा धाँधली हुन लागेको भन्दै व्यङ्ग्य गरेका छन् । –एपी/Photo: www.bellinghamherald.com

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!