मंगलबार, माघ २१, २०७६ || 1032  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२१ माघ:राजा ठकुरी हुदा बलिया मगरहरुलिएर नेपाल एकीकरण गरेका थिए। राइ, लिम्बु, गुरुङ अनि तामाङ ले गोर्खाली को नाममा नेपाल चिनाए। शेर्पा हरु हिमाल चढी नेपालि शक्ति विश्वशामु देखाए ।क्षत्री सेनापुलिस भएर देशभित्र शान्ती सुरक्षा र धर्मरक्षा गरिरहे। ब्रह्माण्डहरु देशका संस्कृती सम्बर्द्धन गर्न, साहित्य लेख्न र प्रशासन चलाउन व्य्सत भए। देशको व्यापार व्यबसाय उन्नति गराउन, मौलिक संस्कृति जात्रा, पर्व र विधीको इतिहासदेखि आजसम्म यथावत राख्न नेवारहरु धार्मिक र अर्थिक गतिविधिमा व्यस्त देखिन्थे। देशको कलाकृती वस्तुकला, बाजागाजा, पोशाक को जरैदेखि विकाश गर्न सबैभन्दा बढी सिपले भरिपुर्ण जातिहरु तल्लिन देखिन्थे ।साथसाथै तराइबासी नेपालिहरु सिमाना रक्षा गर्न आफ्नो ज्यानको बाजि लगाउथे ।

एउटै धर्मभित्रको छुट्टै संस्कृति भएको उनिहरुले नेपालको सुनमा सुगन्ध बढाउथे। यतिसम्मकि !!!..देश हिन्दु रास्ट्र हुदा पनि देशको राजधानी मै मस्जिद थियो जुन विश्वभरिमानै एउटा अनौठो थियो आश्चर्य थियो । नकोही मुस्लिमलाइ घृणा गर्थे न उनिहरुलाइ कुनै शंकाले हेरिन्थ्यो । मात्र उनिहरु नेपालि मुस्लिम थिए।शिव र पार्वती जस्लाइ हिन्दुहरु भगवान मान्छन ठिक त्यही भगवानलाइ किरात समुदायमा सुम्निमा र पारोहाङको नामले चिनिन्छ। किरातको बुढासुब्बा र पाथिभरा मा सबै हिन्दु बुदिस्ट जान्छन

अझ राजाबाटै मक्का मदिनामा हज गर्न उनिहरु विशेष बिदाइ पाउथे।देशमा धार्मिक सहिष्णुकको अवस्था थियो । हिन्दु बुद्धिष्ट र किरात नेपाली भुमिको मौलिक धर्म थियो छ र रहिरहनेछ। यी तीन सबै ॐकार परिवारको धर्म हुन । शिव र पार्वती जस्लाइ हिन्दुहरु भगवान मान्छन ठिक त्यही भगवानलाइ किरात समुदायमा सुम्निमा र पारोहाङको नामले चिनिन्छ। किरातको बुढासुब्बा र पाथिभरा मा सबै हिन्दु बुदिस्ट जान्छन पुजा गर्छन कस्तो सद्भाव थियो। पशुपतिनाथमा पनि सबै हिन्दु बुद्धिस्ट र किराँती जान्छन पुजा गर्छन सद्भाव उन्नत अवस्थामा थियो।

भगवान बुद्ध जस्लाइ हिन्दुहरु भगवान बिष्णुको सातौ अवतार मान्छन अनि बुद्ध धर्ममान्ने समुदाय वहालाइ भगवान मान्छ्न जनजाती समुदाय जस्ले सुंगुर बंगुरको मासु प्रयोग गर्छन अनि ब्राह्मण क्षत्री प्रयोग गर्दैनन तरपनी कहिकतै बिरोध थिएन किनकी त्यो आस्थासंग जोडिएको कुरा थिएन जुन ठाउँ लुम्बिनी छ जहाँ सबै नेपाली जान्छन र पुजा गर्छन। यस्तो राम्रो धार्मिक सद्भाव थियो त्यहा। हिन्दु समुदायले गाइलाइ देविको बहान सम्झेर पुजा गर्दा सबै अरु समुदाय पनि सम्मिलित हुन्थे। बिरोध को कुरा भन्ने छदै थिएन अनि तामाङ गुरुङ को संस्कृतिमा सोमरसको प्रयोग हुदा पुजारि ब्राह्मण हरु बिरोध गर्दैनथे नत पन्डितहरु नै बसाइ सर्थे ।

सबै संगै एउटै ठाउमा मिलेर बसेको होइनर ?? आज के हुदैछ त्यो भोलिको कहालिलाग्दो नेपाल बन्दै छ। जनजाती समुदाय जस्ले सुंगुर बंगुरको मासु प्रयोग गर्छन अनि ब्राह्मण क्षत्री प्रयोग गर्दैनन तरपनी कहिकतै बिरोध थिएन किनकी त्यो आस्थासंग जोडिएको कुरा थिएन । नेपालि मिल्नुमै विश्वास गर्ने जनता हुन। आज आगन जोडिएका एकअर्को नेपाली भोलि गाइ पुजा गर्ने वा खाने निहुमा बाडिदै छन टाढिदै छन जुनकुरा नेपालिभित्रबाट नभै नेपाली सद्भाव बोथोल्ने बिदेशी दलालहरुवाट उठेको हो।

नेपाल अस्थिर भए र इसाइअकरण गर्नसके तिब्बत स्वतन्त्रको नारा लगाउदै चिनको विश्व आधिपत्य ध्वस्त गराउन सजिलो हुने, नेपाली धर्म संस्क्रुती निमिट्यान्न पार्न सजिलो हुने र धार्मिक अतिक्रमण गरि नेपालमा इसाइ राज गराउने।।।यदि तपाइको धर्म संस्कृति हराएमा तपाइ हराउनुहुन्छ तपाइको पहिचान हराउछ तपाइको पुर्खाको ईतिहास हराउछ , सदियौदेखिको परम्परा हराउछ, भाषा भेषभुसा हराउछ, तपाइको बाबुआमाको स्नेह हराउछन, उनिहरुको संस्कार हराउछ,

याद गरौ तपाइको पैसा हराएको खण्डमा तपाइको इच्छा चाहान र माग मात्र हराउछ त्यो पैसा आएको खण्डमा फर्काउन मिल्छ। तपाइको घर ध्वस्त भए तपाइको बासस्थान मात्र मेटिन्छ र तपाइ पुन अर्को घर बनाउन सक्नुहुन्छ। तपाइको सम्बन्ध टुटेमा मात्र तनाब आइलाग्छ नया सम्बन्ध जोड्न सक्नुहुन्छ । तपाइको मेटिएमा तपाइको चेतनाको आत्मविश्वास मात्र आत्मविश्वास हराउछ ।

तर यदि तपाइको धर्म संस्कृति हराएमा तपाइ हराउनुहुन्छ तपाइको पहिचान हराउछ तपाइको पुर्खाको ईतिहास हराउछ , सदियौदेखिको परम्परा हराउछ, भाषा भेषभुसा हराउछ, तपाइको बाबुआमाको स्नेह हराउछन, उनिहरुको संस्कार हराउछ, र तपाईं बिल्कुल टाढा बन्नुहुन्छ। जुन बाटो धर्म परिवर्तन को हो त्यो बाटो एकचोटी गएपछी फर्कने सम्भावन समाप्त हुन्छ। होस गरौ । फर्काउन मिल्ने मात्र परिवर्तन गरौ ।अर्बिन कौशिक, अस्ट्रेलिया

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!