दमक हल्ला नै हल्लाको विकासको शहर ! अरबौ अरबको योजनाको हल्ला पछाडि जग्गा दलालको स्वार्थ

विष्णुप्रसाद पोखरेल दमक
दमकमा अरबभन्दा माथिका थुप्रै योजनाहरुको बिषयमा अहिले चर्चा रहेको छ । केहिको सुस्त गतिमा काम भएको छ भने केहि त डिपिआर समेत बनेको छैन । दमक हल्ला नै हल्लाको विकासको शहरको रुपमा ब्याख्या गर्न समेत थालिएको छ । यसो भनिरहदा कतिपयले विकास विरोध पनि भन्लान तर यथार्थ यहि नै हो जबसम्म कामले मुर्त रुप लिदैन ।

पछिल्लो समयमा अजय सुमार्गी सहितको लगानीमा विश्व प्रख्यात पार्कको नाम लिँदै त्यहि अनुसारको पार्क बन्न लागेको भन्ने बिषय सार्वजनिक भयो । त्यसमा केहि स्थानीय तथा केन्द्रिय नेताको नाम पनि जोडियो । अब मानौ की दमकमा अरब भन्दा सानो योजनाको त कुरा नै हुन छाडेको छ । दमकमा केहिको अभाव छैन र विश्वकै नमुना पर्यटकीय शहर बन्दैछ ।

दमकको विकास र हितमा लागेकाहरु सबैलाइ एउटै डोकोमा हालेर तुलना त गर्न मिल्दैन । यो सबै योजनाहरु देखेर र सुनेर बाहिरबाट जग्गा किन्न आउनेको भिड दमक लागेको छ । जसका कारण अब सर्वसाधरणको पहुचमा दमकमा जग्गा छैन ।

यसबाट कस्लाइ फाइदा पुग्यो ? घरका कोठाहरु भाउ बडेर बस्न सकिने अवस्था छैन यसको फाइदा कस्लाइ पुग्यो ? हरेक सामानको मूल्य बृद्धि छ यसको असर कस्लाइ पुग्यो ? काम भन्दा पहिला हल्ला नगरी काम गरे त हुन्थ्यो नी भन्ने धेरैको भनाइ रहेको छ ।

जग्गावाला र जग्गा दलालहरुको स्वार्थ यसमा गाँसिदा सर्वसाधरणलाइ पनि सास्ति मात्र नभएर महासास्ति भएको छ । एकातिर जग्गाको भाँउ दिन दूइगुना रात चारगुना बढिरहेको छ ।

केहि ब्याक्ति अर्थात हातको औलाले गनिन सकिनेहरुको स्वार्थ बिम्वित योजनाले यहाँका मानिसहरुको जिवनमा परिवर्तन आउछ भन्ने आधार देखिन्न । जग्गावाला र जग्गादलालहरु बाहेक खास कसैलाइ अहिले फाइदा देखिदैन ।

जग्गा दलालहरुका कारण नै औधोगिक पार्क निर्माणस्थलमा समेत केहि समय अघि विवाद भएको सर्वविदितै छ । पार्क बन्छ भने जग्गा किनेर उचित क्षतिपुर्ति पाइएन भन्दै आन्दोलन समेत भएको थियो ।

त्यहाँ केहि भने स्थानीय नै थिए । उनिहरु भने अन्यायमा परेका हुनसक्छन् । पछि वास्तविक पीडितको समस्या सामधान गर्ने भनिएपछि उक्त आन्दोलन नै तुहिएको थियो ।

अहिले आएका अधिकाँश योजना स्वार्थमा केन्द्रित रहेको देखिन्छ । सबै योजनालाइ स्वार्थ केन्द्रित भन्न सकिन्न तर अधिकाँश योजना स्वार्थ केन्द्रित रहेको भान हुन्छ । दीर्घकालमा जनतालाइ फाइदा होला तर अहिले त्यस्तो देखिन्न ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!