हिपमत डटकम

मंगलबार, बैशाख ०७, २०७८ || 701  पटक पढिएको

गायक केयरसिंह प्यासीको स्वरमा समावेश ‘मधेशमा मैना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा अहिलेका चर्चित अभिनेता तथा मोडल पल शाह र अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ । गीतका सम्पुर्ण दृश्यको छायांकन ललितपुर क्षेत्रमा छायांकन गरिएको हो ।
यो गीतमा पछिल्लो समयकी चर्चित गायीका समिक्षा अधिकारीको समेत स्वर सुन्न सकिन्छ । दर्जनौ गीतमा स्वर दिइसकेकी समिक्षासँग पछिल्लो समयका लोकप्रिय गायक केयर सिंहको आवाज रहेको गीतले छोटो समयमै धेरैको ध्यान तान्न सफल भएको छ ।
यो गीत रविन लामिछानेले लेखेका हुन् । स्यामस्वेत रसाइलीले एरेन्ज गरेको गीतको लय र म्युजिक भने ऋषि खड्काले तयार पारेका हुन् । सार्वजनिक गीतलाई छोटो समयमै धेरैले मन पराएका छन् । मौसम हिमालीको निर्देशनमा तयार भएको गीत झण्डै १० मिनेटको बनेको छ । गीतलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।
गीत हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!