मंगलबार, माघ २१, २०७६ || 829  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२१ माघ:नेपालका खेल पत्रकार प्रज्वल ओलीले एआइपिएस स्पोर्ट्स मिडिया अवार्डअन्तर्गत ‘बेस्ट कोलम राइटिङ अवार्ड’ जितेका छन् । विश्वभरका खेल पत्रकारहरुको साझा संस्था एआईपीएसले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्डको ‘वेस्ट कोलम राईटिङ’ तर्फ ओलीको समाचार विश्वकै उत्कृष्ट बन्न सफल भएको हो ।

हंगेरीको बुडापेस्टमा सोमबार राति सम्पन्न भव्य कार्यक्रमका बीच ओलीलाई अवार्ड विजेता घोषणा गरिएको छ । काठमाडौँ पोष्टका खेल पत्रकार ओलीले स्पेन र अर्जेन्टिनाका खेल पत्रकारको समाचारलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।

अवार्डसँगै ओलीले आठ हजार अमेरिकी डलर पुरस्कार पाए । यस अवार्ड जित्ने ओली नेपालका पहिलो खेल पत्रकार हुन् । ओलीले अत असार १९ गते द काठमाडौँ पोष्टमा नेपालमा मुस्किलले ५० वटा खेल खेलिने भएपनि खेलकुदमा दुई सय सङ्घ पालिएको समाचार लेखेका थिए ।

यही समाचारले विश्वका एक सय ८० पत्रकारले पठाएको समाचारलाई उछिन्दै अवार्ड पाउन सफल भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!