मंगलबार, माघ २१, २०७६ || 741  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२१ माघ:सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दावेदार टोली एनआरटी फ्रेन्ड्स क्लबसँग पराजित भएको छ । ललितपुरको एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा एनआरटी फ्रेन्ड्ससँग २–० गोलले पराजित भयो ।

एनआरटीले दुवै गोल दोस्रो हाफमा खाएको थियो । फ्रेन्ड्ले ७८ औं मिनेटमा सुरुवाती गोल गरेको थियो । फ्रेन्ड्सका सञ्जोग महर्जनले पहिलो गोल गरे । लगतै ८१ औं मिनेटमा ब्राजिलका खेलाडी वागनर डे कार्मोले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए । फ्रेन्ड्सले दुवै गोल एनआरटीको रक्षाप्रक्तिको कमजोरीमा गरेको थियो । एनआरटीको गोल प्रयासलाई भने फ्रेन्ड्सको रक्षकले विफल पारेका थिए ।

फ्रेन्ड्का रक्षक असिम भुषाल म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै ११ खेलबाट १४ अंक बनाएको फ्रेन्ड्स नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट १५ अंक बनाएको एनआरटी सातौं स्थानमा छ । एनआरटी र फ्रेन्ड्सको खेलसँग लिगको १० औं चरण सकिएको छ ।

१० औं चरणपछि शीर्ष स्थानमा रहेको आर्मीको २३ अंक छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्रले २२ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको मनाङ म्स्र्याङदीको क्लबको १९ अंक छ । यी तीन टोलीबीच उपाधि भिडन्त हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!