हिपमत डटकम

सोमबार, बैशाख ०६, २०७८ || 666  पटक पढिएको

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल लगायतका नेताहरूलाई कारबाही गर्ने बताएका छन्।

माधव नेपालले नेपालको इतिहासमै पहिलोपटक अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेकाले उनीलगायतलाई कारबाहीको दायरामा ल्याइने बताए।

‘प्रचण्डको पाउमा एमाले पार्टी चढाउने। कांग्रेस लगायत गैर कम्युनिष्टहरूको नेतृत्वमा सरकार बनाउम हामी ‘फ्लोर क्रस’ गर्नेछौं। यो सरकार तुरून्त ढाल्नुपर्‍यो भन्ने रोदन गर्दै घरदैलो गर्न थालेका छन्। अराजक अस्थिर अत्यन्त घातक देशद्रोही कम्युनिष्ट आन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरूद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ।’

केपी ओलीलाई घोक्राउँछु, धुलो चटाउँछु, भित्तामा टाँस्छौं भन्दै हिँड्ने प्रचण्ड र माधव नेपाललाई अब जनताले उनीहरूलाई धुलो चटाउने र भित्तामा टाँस्ने ओलीले बताए।

‘प्रचण्डको दुईमुखे प्रवृत्ति एक मुखले देशभक्तिको कुरा गर्ने, अर्कोतिर राष्ट्रघाती काम गर्ने एकातिर न्याय र सुशासनको कुरा गर्ने अर्कोतिर अपराधिक कर्म र भ्रष्टाचार गर्ने। माधव नेपालहरू संघीयता विरोधी अलोकतान्त्रिक अराजक अनुशासनहीन काम गर्ने समानान्तर कमिटी बनाउने र ‘फ्लोर क्रस’ गराउनेसम्मको अपराध गरेकाले इतिहासले कंलकको टीका प्रचण्ड र माधव नेपालहरूलाई लगाउनेछ। केपी ओलीलाई घोक्राउँछु, धुलो चटाउँछु, भित्तामा टाँस्छौं भन्दै हिँड्ने प्रचण्ड र माधव नेपाललाई अब जनताले उनीहरूलाई धुलो चटाउनेछन् र भित्तामा टाँस्नेछन्।’

माधव नेपालहरू अर्काको पतिको लागि सति गैरहेको भन्दै उनले व्यंग्य कसे।

‘सति प्रथा अन्त्य भैसक्यो। त्यो प्रथा रहँदा पनि ती विचरा अबला नारीहरूलाई आफ्नो पतिको नाउमा सति पठाइन्थ्यो। तर आज माधव नेपालहरू अर्काको पतिको लागि सति गैरहेछन्। आफ्नो पार्टीको सरकार ढालेर अरूको सरकार बनाउन सासदहरूलाई फाँसी चडाउँदैछन् यो यिनको ऐतिहासिक अपराध हो।’

यस्ता छन् बैठकका एजेन्डा
१ राजनीतिक प्रतिवेदन
२ संगठनात्मक प्रस्ताव र केन्द्रीय सदस्यहरूको कार्य विभाजन
३ अनुशासनको कारबाही
४ उप निर्वाचन
५ प्रदेश सरकारहरूको बारेमा
६ केन्द्रीय कार्यालयको व्यवस्थापन
७ समसामयिक प्रस्ताव

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!