हिपमत डटकम

सोमबार, बैशाख ०६, २०७८ || 491  पटक पढिएको

फिल्म ‘आँधी तुफान–२’ को सुटिङ आगामी बिहिबार (९ बैशाख) बाट सुरु हुने भएको छ । निर्माता मौनता श्रेष्ठले फिल्मको सुटिङ बिहिबारबाट सुरु हुन लागेको जानकारी दिए । नेपाली फिल्मका सफल लेखक समेत रहेका मौनता श्रेष्ठले दशक अगाडिको हिट फिल्म ‘आँधी तुफान’ को सिक्वेलको रुपमा यो बनाउन लागेका हुन् । फिल्मलाई मदन घिमिरेले निर्देशन गर्दैछन् ।

फिल्ममा कनिज कोइराला मुख्य भिलेको रुपमा देखिँदैछन् । कनिजले साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’ मा अभिनय गरेका छन् । फिल्ममा कनिजका अलवा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुर्व कोईराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ ।

थ्रीलर र सस्पेन्स बिषयमा बन्न लागेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहने छ । नारायण चालिसे निर्माण नियन्त्रक रहेको फिल्मको छायाँकन काभ्रे, धुलिखेल र काठमाडाैंमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!