खबर ठुलो छ

हिपमत डटकम
काठमाडौं,२१ माघ:इन्डोनेशियामा माछा मार्न गएका एक किशोरको घाँटीमा उडेर आएको माछाले गहिरो चोट पुर्‍याएको छ । ‘निडल फिस’ ले उनको घाँटी अगाडिबाट पछाडिसम्मै छेडेको देखिएको छ । चोट लागेपछि उनी डुङ्गाबाट पल्टिएको पनि अडिटी सेन्ट्रलले बताएको छ ।

घटना जनवरी १८ तारिखको हो जब १६ वर्षे मुहम्मद इदुल र उनका साथी सारीले अबेर राती माछा मार्न जाने योजना बनाए । ती दुई दक्षिण पूर्वी सुलावेसी प्रान्तमा रहेको बुटनको समुद्रमा पुगे । सबैकुरा उनीहरुले बनाएको योजना अनुरुप नै चलिरहेको थियो तर एक्कासी सारीले आफ्नो फ्ल्यासलाइट अन गरे । बत्ती बल्नेबित्तिकै एउटा निडल फिस पानीबाट बाहिर आयो जसका कारण माछाको लामो र तिखो बंगारा मुहम्मदको घाँटीलाई छेड्न पुग्यो । माछाको बंगारा मुहम्मदको चिउँडोदेखि गर्धनसम्म पुगेको थियो जुन घाँटीमा अड्किएको थियो । माछा घाँटीमा अड्किँदा उनी करिब करिब डुब्नै लागेका थिए ।

मुहम्मदले कसै गरी माछालाई समात्न सके । यसो गरेर उनले माछालाई हल्लिन दिइरहेका थिएनन् जसका कारण घाउ थप भयानक हुन सकेन । त्यसपछि उनले पानीमाथि उठेर साथीको सहयोग मागिरहेका थिए । सारीले उसको मद्दत गरेपछि ती दुई पाँच सय मिटर पौडी खेलेर किनारामा पुगे र दक्षिण बुटनस्थित आफ्नो घरमा तुफान दौडिए ।

मुहम्मदका बुवाले जब माछा घाँटीमा अड्किएका आफ्ना छोरालाई देखे तब उनले छोरालाई अस्पताल पुर्‍याउन ढिला गरेनन् । उनीहरु कारमा यात्रा गर्दै बाउबाउ अस्पताल पुगे । उक्त अस्पताल उनको गाउँबाट साढे १ घण्टा टाढा छ । डाक्टरले उनको घाँटीबाट निडलफिसको टाउकोबाहेक सबै निकाल्यो । घाँटीमा रोपिएको माछाको टाउको निकाल्ने पर्याप्त उपकरण त्यहाँ थिएन तसर्थ माकासारस्थित अस्पताल पुगे । त्यहाँ पाँचजना विशेषज्ञले एक घण्टा लगाएर उनको घाँटीबाट माछाको टाउको निकाले र घाउ बन्द गरिदिए ।

शल्यक्रिया गरेको पाँच दिनपछि मुहम्मदको निकै सुधार भइरहेको छ । उनको घाँटीमा ब्यान्डेज बाँधिएको थियो र दायाँ पट्टी टाउको घुमाउन सक्दैनन् तर घाउ भने नदुख्ने बताउँछन् । तर उक्त घटनापछि पनि आफूले माछा मार्न भने कायम राख्ने बताए ।

‘अबका दिनमा मैले थप सावधानी अपनाउनुपर्छ । निडलफिसले प्रकाश सहन सक्दैनँ त्यसैले त्यो पानीबाट बाहिर आयो र मेरो घाँटीमा आएर ठोक्कियो,’ १६ वर्षे उनले बीबीसी इन्डोनेशियालाई भने ।

मंगलबार, माघ २१, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया