हिपमत डटकम

शुक्रबार, बैशाख ०३, २०७८ || 562  पटक पढिएको

गायिका देवी घर्तीमगरको स्वर रहेको ‘मुटुको टुक्रा’ बोलको गीतको भिडियो बाहिरिएको छ । जसमा ज्योति गुरुङको शब्द तथा सुरज लामिछानेको संगीत र एरेन्ज छ । गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नै दुई सन्तानको सम्झना गरेको कथा प्रस्तुत गरिएको छ । भिडियोमा गीतकार ज्योतिकी छोरीको भूमिकामा ६ वर्षकी बाल कलाकार काव्या श्रेष्ठको अभिनय रहेको छ ।

बेलायतमा नै जन्मिएकी काव्याले भिडियोमा अनुभवी कलाकारको जस्तो अभिनय गरेकी छिन् । काव्याले यसअघि तीज र आधुनिक गीतको भिडियोमा बाल कलाकारको भूमिकामा अभिनय गरिसकेकी छिन् । उनी बेलायतमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुनुको साथै नेपाली नृत्यको पनि प्रशिक्षण लिइरहेकी छिन् ।

भिडियोमा ज्योती र काव्याका अलावा अनिश्का थापा, शंकर पाण्डे, सलोनी रन्जितकार र इभा सिंह ठकुरीसँगै बाल कलाकार काव्या श्रेष्ठको पनि अभिनय रहेको छ । भिडियोमा कुशल श्रेष्ठको निर्देशन, छायांकन, सम्पादन र परिकल्पना छ । भिडियोमा नवीन निरौलाको कलर, दीपिका श्रेष्ठको मेकअप रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!