हिपमत डटकम

शुक्रबार, बैशाख ०३, २०७८ || 545  पटक पढिएको

थारु संस्कृति र परम्परा जोगाउन कलाकारहरु अहोरात्र खटिरहेका छन् । जसको पछिल्लो उदाहरण हो अन्नु चौधरी र सुरज सिंह ठाकुरको स्वर रहेको डान्सिगं शैलिमा तयार भएको थारु गीत मै बन बु राजा तु बन बो रानी ।

निर्देशक रामप्रसाद चौधरीको निर्देशनमा तयार भएको थारु गीत मै बन बु राजा तु बन बो रानी बजारमा आएसँगै चर्चा सुरु भएको छ ।

चर्चित संगीतकार सिल शर्माको शब्द संगीत समावेश गीतमा निर्देशक चौधरीले आरजु बैजु र नितेश चौधरीलाई गज्जबसँग खुलाएका छन् । आरजु र नितेशको रोमान्सको दृश्य देख्दा जोकोहीलाई पनि नाचौँ नाचौँ लाग्छ ।

शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा आरजु र नितेशका अलावा सन्दिप चौधरी र बिजय चौधरीको पनि अभिनय रहेको छ । शंकल्प भुजेलको छायांकन रहेको भिडियोमा अर्जुन जिसीको सम्पादन रहेको छ । जसको निर्माताका रुपमा निरज र चंन्दी चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!