हिपमत डटकम

बुधबार, बैशाख ०१, २०७८ || 550  पटक पढिएको

विराटनगर । स्पेनी खेलाडी पेड्रो मान्जीले विराटनगर सिटी एफसीबाट नेपाल सुपर लिग खेल्ने भएका छन् । पछिल्लो समय भारतमा व्यवसायिक फुटबल खेलिरहेका पेड्रो पहिलाे पटक नेपालमा खेल्न आउन लागेका हुन् ।

उनी बुधबार नेपाल आइपुगेका छन् । उनलाई क्लबका प्रतिनिधिहरुले विमानस्थलमा स्वागत गरेका थिए ।

३२ वर्षीय सेन्टर फर्वाड पेड्रोले भारतीय आईलिग क्लब मोहम्मेडन स्पोटिङ क्लबबाट खेलेका थिए । यस्तै उनले आईएसएल चेन्नई सिटीबाट खेलेका थिए ।

उनले चेन्नईमा २३ खेल खेल्दै २६ तथा मोहम्मेडनमा ८ खेल खेल्दै ६ गोल गरेका थिए । पेड्रो मान्जीले सन् २०१९ मा चेन्नाईबाट आई लिग जित्नुका साथै सर्वाधिक गाेलकर्ता बनेका थिए ।

पेड्राे स्पेनिस क्लब लास पाल्मासको युथ टोलीका खेलाडी हुन् ।

नेपाल स्पाेर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टकाे आयाेजनामा नेपाल सुपर लिग वैशाख ११ देखि जेठ १ गतेसम्म दशरथ रंगशालामा आयाेजना हुनेछ । लिगमा ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!