हिपमत डटकम

बुधबार, बैशाख ०१, २०७८ || 959  पटक पढिएको

सिरहा । प्रत्येक वर्ष को सुरुवात भएसँगै राजा सलहेश फुलबारीमा ढक्कमक्क फुल फुलेको छ।

सलहेश फुलबारी सुरक्षित रहनु सराहनीय हो। यो फुलबारी भाग्यमानी हुनुका साथै राजाको फुलबारी भनेर पनि चिनिन्छ ।मिथिलाञ्चलमा रहेको फुलबारीको सौन्दर्य र महत्त्व संसारमा प्रसिद्ध छ।

फुल देखेर मन नलोभिने सायदै कोही होला त्यसमा पनि वर्षको १ दिनमात्रै फुल्ने फुलको महत्त्व कति होला?सिरहा जिल्ला स्थित प्रत्येक वर्ष वैशाख १ गते ढक्कमक्क फुल्ने सुनाखरी र चाँदीगाँभा फुल हेर्न मान्छेरुको घुईँचो लाग्छ ।

सलहेश फुलबारीको मध्यभागमा हार्मका २ वटा रुखहरु छन त्यस रुखमा फुल फुल्ने गर्छ ।फुल हेर्न नयाँ वर्षमा घुइँचो लाग्छ ।पुर्व पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका – १२ भोटिया टोल चौकबाट डेढ किलोमिटर दक्षिणमा पर्छ।हारम रुख नजिकै प्रतिमा सहित मालिनी मन्दिर छ। त्यसको ५० मिटरमा सलहेश मन्दिर छ।

यहाँको कथा १४ औं शताब्दीका राजा सलहेश र उनका प्रेमिका मालिनीहरु रेशमा , कुशमा र दौना बिचको सम्बन्धसँग जोडिएको छ।त्यसबेला सिरहा सदरमुकामलाई माईसोथागड भनिन्थ्यो त्यहीँको राजा थियोे सलहेश।

राजा सलहेश मालिनी दहमा स्नान गर्थे , फुलबारीमा फुल टिप्थे , सिल्टह खण्डमा कुस्ती खेल्थे , सलहेश गडमा गएर पुजापाठ गर्थे । राजा सलहेश र उनका प्रेमिकासँग सम्बन्ध जोडिएको राजा सलहेश कै लागि वैशाख १ गतेमा माला आकारको मालिनी देखा परेको जन विश्वास रहेको छ।

सुनगाभा चाँदीगाभाको अर्को नाम डेन्डेवियम एफायल्म हो । वनस्पति विभागले यस फुलेको बारेमा अध्ययन गरेर सन २०१६ मा प्रकाशित पुस्तकमा सलहेश फुलबारीका हरेक बोटबिरुवा बारे चर्चा गरिएको छ। यस फुलका विभिन्न मान्यता र जनविश्वास रही आएको हो ।

यहाँ भाकल पूरा भएपछि बोका बलि दिने प्रम्परा पनि रहेको छ। मेला हेर्न आएका श्रद्धालुहरु सलहेशको पुजा गर्नुका साथै सन्तान प्राप्ति , सुस्वास्थ्यको कामना साथै भाकल गर्ने गर्छ।पुरातात्त्विक एवंम धार्मिक पौराणिक इतिहाससँग जोडिएको यस फुलबारीमा राज्यले थप अनुसन्धान सके अन्तर्राष्ट्रिय स्तरमा गर्नेछ । नागरिक अभियानबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!