हिपमत डटकम

मंगलबार, चैत्र ३१, २०७७ || 869  पटक पढिएको

नयाँ नेपालि मौलिक लोक दोहोरि गीत ‘हुन्न कसैको’ भिडियो सार्वजनिक गरिएको छ । नयाँ वर्षको पूर्व सन्ध्या पारेर यो गीतलाई नयाँ गायिका सुनिता दुलालकै च्यानलबाट सार्वजनिक गरिएको हो ।

यो लोक दोहोरी गीतलाई गायिका सुनिता दुलाल र गायक तथा संगीतकार दिनेश परियारले गाएका छन् । गीत उनीहरुको स्वरमा निकै कर्णप्रिय बनेको छ । जसमा दिनेश परियारको शब्द, संगीत तथा एरेन्ज रहेको छ ।

अहिलेका ब्यस्त मानिने मोडल अर्जुन गौतम र आलिशा बास्तोलाले यो गीतको भिडियोमा अभिनय गरेका छन् । यी दुई कलाकारका साथमा प्रकाश कुमार दर्लामी, सौगात जंग थापा, साइमन भट्टराई, कमला बस्नेत ,समिक्षा भुजेललगायतको अभिनय रहेको छ ।
भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन् । जसमा सुजन श्रेष्ठको छायाँकन रहेको छ । यो गीतको भिडियोलाई दोलखा तथा सिन्धुपाल्चोकको रमणीय स्थलमा छायाँकन गरिएको छ । भिडियोको कथामा लेकमा बस्ने गोठालो हरुको कथालाई समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!