हिपमत डटकम

सोमबार, चैत्र ३०, २०७७ || 759  पटक पढिएको

ईटहरि/ यतिबेला चलचित्र अभियानको छायांकन धमाधम भइरहेको छ । धनकुटाको हिले भन्दा केही उत्तरमा रहेको उत्तरपानी भन्ने स्थानमा चलचित्रको छायांकन भइरहेको छ । करिव ६० प्रतिशत छायांकन सम्पन्न भएको निर्देशक लाखमान योन्जनले जानकारी दिए । हामीले करिव ६० प्रतिशत छायांकन सकेका छौँ अब केही दिनको धनकुटा बसाई पछी बाकी केही अंश काभ्रेमा छायांकन गर्ने तयारीमा छौँ निर्देशक योन्जनको भनाई थियो । काभ्रेसँगै रसुवा तथा इलाममा पनि चलचित्रको छायांकन हुने छ ।

ऎतिहासिक तामाङ थाकथलो किपट को कथामा निर्माण भएको चलचित्रमा प्रमुख भूमिकामा जयनन्द लामा, अमर पाख्रिन तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, रितेश जंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला ‘डिकु’, मदन राइ, सम्भु योञ्जन तामाङ, गजम घिसिङ्ग, कमल राइ, मेनुका राइ, कुमारी लिम्बु, कृष्ण काफ्ले, सन्तोस राइ, नुनु बोम्जन तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

चलचित्र अभियानका विषयमा कुरा गर्दै चलचित्रका मुख्य कलाकार जयनन्द लामाले ऎतिहासिक चलचित्रमा अफुले पनि काम गर्न पाउदा उत्साहित भएको प्रतिकृया दिए । ‘चलचित्र मन पराउने या नपराउने भन्ने दार्शकको हातको कुरा हो, तर म ऎतिहासिक चलचित्र अभियानको. मुख्य कलाकार बन्न पाउदा अत्यन्तै खुसी छु, यो मेरा लागी पनि एउटा अवसर हो,’ कलाकार लामाले भने ।

 

चलचित्र अभियानमा आफु बिल्कुलै फरक अवतारमा प्रस्तुत भएको कलाकार दिनेश कोइरालाले बताए । यस चलचित्रमा कोइरालाले भिलेनको भुमिका निर्वाह गरेका छन् । चलचित्र अभियान कोशी भिजनको ब्यानरमा निर्माण भइरहेको छ । चलचित्रको निर्देशन लाखमान योन्जनले गरिरहेका छन् भने चलचित्रको कथा पनि निर्देशक योन्जनले नै लेखेका हुन् । चलचित्रमा द्वन्द निर्देशन राजेश लेप्चाले गरेका छन् । चलचित्रमा सुमन तामाङको छायांकन रहेको छ भने चलचित्रको सम्पादन हेमन तामाङको रहने छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!