हिपमत डटकम
ईटहरी,२१ माघ:नेपाली संगीत क्षेत्रमा कुनै बेला चर्चाको उत्कर्षमा पुगेका अनिल सिंहले आफ्नो जीवन खतरामा भएको बताएका छन् । अनिल सिंहले यसबारे फेसबुकमा स्टेटस लेखेर यसबारे जानकारी दिएका छन् । अनिलले सोमबार बेलुकी युद्ध शङ्खभन्दै आफूले गायक एल्बमका लागि गरेको सम्झौता पत्रको फोटो पोष्ट गर्दै सिरियस नोटमा आफ्नो जीवन खतरामा भएको बताएका छन् । उनले लेखेका छन्, ‘कथा रोचक छ ! ‘पुरानो सम्झौता पत्र’ शक्तिशाली संस्थाहरु – त्यसैले त कलाकारको प्राण सङ्कटमा छ ।’

यसका साथै उनले इमेज च्यानल, म्युजिक नेपाल, म्युजिक डट कम र इन्द्रेणी क्यासेट सेन्टर मिलेर आफ्नो गीत बेचेको आरोपसमेत लगाएका छन् । उनले प्रेम पत्र गीत म्युजिक नेपालले उनलाई नै नसोधी बेचेको आरोप लगाए । उनले फेसबुकमा एउटा अडियो पोष्ट गर्दै भनेका छन्, ‘म गर्वका साथ भन्छु कि राजेश बंशलजीसँग मैले मेघाहर्ज भन्ने एल्बमको सम्झौता गरेको हुँ । सम्झौता भनेको सम्झौता हो । सम्झौता गरेपछि त्यसको अरु कुनै विकल्प छैन । मैले राजेश बंसलजीलाई सुम्पिसकेँ, त्यसमा मेरो अधिकार छैन । तर सम्झौता गरेअनुसार प्रेम पत्रको अडियोमा मात्रै राजेश बंशलको अधिकार छ ।’

उनले थपे, ‘प्रेम पत्र भिडियोको निर्माता म हुँ । त्यो मैले बनाएको हुँ । त्यसको हक न इन्द्रेणी क्यासेट सेन्टरसँग छ, न राजेश बंशलसँग छ । विगत १७ वर्ष देखि राजेश बंशलले मेरो भिडियो बनाएर, अडियो बनाएर, सिडी बनाएर विक्री वितरण गर्दै आएका छन् । उनले प्रेम पत्रमात्र होइन, ‘परी’ गीत पनि विक्री वितरण गर्दै आएका छन् । उनले ममाथि जालझेल गर्न कुनै विकल्प बाँकी राखेका छैनन् ।’ यसका साथै, उनले भूलवश मेघाहर्ज एल्बमको नक्कली सम्झौता पत्र ठानेर सक्कली सम्झौता पत्र च्यातेको पनि बताए ।

आफूले म्युजिक नेपालको बन्द कोठामा श्री शुभ बहादुर, सन्तोष शर्मा र अनिल स्थापित तथा म्युजिक डट कमका सञ्चालक राजेश बंशल सामु मौखिक रुपमा सम्झौता भङ्ग गर्नु आफ्नो मुख्य उद्देश्य भएको बताए । उनले यसलाई आफ्नो अपराध भएको पनि स्वीकारेका छन् ।यस्तै, सम्झौता पत्र च्यातेर उनले महागल्ती गरेको पुष्टि भए अबको २४ घण्टामा आफूले आत्मसमर्पण गर्न चाहेको अनिलले बताए । उनले भने, ‘मैले गरेको अपराध विवरण अनि अडियो प्रमाणसहित आत्मसमर्पण गर्न चाहन्छु । नेपाल सरकार, सम्मानित अदालतको कानून बमोजिम कडाभन्दा कडा सजायको अपिल गर्दै प्रस्तुत भएको छु ।’

उनको अबको लडाईंले राजनीतिक मोड पनि लिन सक्ने भन्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र सांसद कोमल वलीको विशेष ध्यान आकर्षण गर्न चाहेको बताए । उनले लेखेका छन्, ‘मेरो अपराधको दण्ड सजाय नेपाल सरकारको कानून र नेपाली जनताले तय गरे अनुरुपको सजाय पाउनुपर्ने मेरो पहिलो निवेदन छ ।’ उनले अन्तिममा लेखे, ‘म प्रस्तुत छु ।’ यसविषयमा सांसद् वलीसँग बुझ्दा उनले यसबारेमा बुझ्नका लागि सिंहलाई सम्पर्क गर्दा सम्पर्क नभएको र उनी निकट रहेका व्यक्तिलाई बुझ्न पठाएको जानकारी दिएकी छिन् । यो समाचार रातोपाटीले प्रकासन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!