
बिराटनगर। ए एच पि इन्टरटेन्मेन्ट प्रा लिद्वारा आयोजित मिष्टर एण्ड मिस आइकनिक मोडेलको उपाधि एबिओना ढकाल र रिजन पोखरेलले हाथ पारेका छन् । बिराटनगर एयरपोट लाईनमा रहेको पर्पलहेज रेष्टुरेन्ट एण्ड गाडेन्टमा हिजो सम्पन्न कार्यक्रममा बिजेताले उक्त प्रतियोगितामा आफनो दमदार प्रस्तुति दिदै उपाधि आफ्नो पक्षमा पार्न सफल भए हो।

फस्ट रनरअपको उपाधि स्वोक्क्षा ढकाल र सरोज पोखरेलले हाथ पार्न सफल भएको हो भने सेकेन्ड फस्ट रनरअपको उपाधि अमिसा मगर र प्रबिण शर्माले आफ्नो पक्षमा पर्न सफल भएको छ।

प्रदेश सभा सदस्य बिन्दिया कार्कीको प्रमुख अतिथिमा सम्पन्न भएको सो कार्यक्रममा मोडेल तथा नायिका प्रमिता राना, मेनहन्ट नेपाल २०१७ को धुर्ब बुढाथोकी, फेशन कोरियोग्राफर सुजित बस्याल तथा मिस इलाट ब्यूटि क्यून नेपाल २०१९ को भाबना मल्ल मिष्टर एण्ड मिस आइकनिक मोडेल सौन्दर्य प्रतियोगिताको प्रमुख निर्णायकको भूमिका निभाउनु भएको थियो। बिजेताले जनही २०÷२० हजार नगद राशि रहित १५ लाख बराबरको ईन्सुरेनश र १ बर्षको जिम निशुल्क उपहार स्वरुप प्रदान गरिएको छ।

यस सौन्दर्य प्रतियोगिताको बिजेताहरुलाई विभिन्न म्युजिक भिडियो तथा चलचित्रहरुमा मौका दिईने कार्यक्रम संयोजक अमर ल्याहो मगरले हिपमत डटकमलाई जानकारी दिनुभयो।
