मंगलबार, माघ २१, २०७६ || 1139  पटक पढिएको

हिपमत डटकम
प्रबेश बिष्ट
इटहरा,२१ माघ:सरस्वती माध्यमिक विद्यालय इटहराले पूर्व प्रधानाध्यापक टीकेन्द्रबहादुर पोमु र पूर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिल्लीराम गुरागाईलाई सम्मान गर्ने भएको छ । माघ २० गते बसेको विद्यालय व्यवस्थापन समितीको बैठकले उहाँहरुलाई आगामी फागुन २ देखि ६ गतेसम्म हुने विद्यालयको स्वर्ण जयन्तीमा सम्मान गर्ने निर्णय गरेको हो ।

फागुन ६ गते हुने स्वर्ण जयन्तीको समापन समारोहमा उहाँहरुलाई सम्मान गरिने प्रधानाध्यापक गोबिन्दबहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार १ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्रि जीवन घिमिरेको प्रमुख आतिथ्यतामा हुने भव्य कार्यक्रमका बिच उहाँहरुलाई अभिनन्दन गरिने छ ।

विद्यालयको शैक्षिक उन्नयन र भौतिक विकासमा पोमु र गुरागाईको आभारभूत एवम् महत्वपूर्ण योगदान रहेकाले उहाँहरुलाई सम्मान गर्ने निर्णय गरिएको रतुवामाई नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति सदस्य नन्दकुमार चापागाईले बताउनुभयो । उहाँले भन्नु भयो उहाँहरुले पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै यस एैतिहासिक अवसरमा हामी उहाँहरुलाई अभिनन्दन गर्दैछौ । एक युगमा एक पटक मात्र हुने स्वर्ण जयन्ती समारोहमा उहाँहरुको सम्मान गरिनु भनेको उहाँहरुलाई युगिन सम्मान दिनु हो । यो उच्च कोटीको सम्मान विद्यालयले पहिलो पटक प्रदान गर्दै छ ।

पोमू ३५ वर्ष शिक्षण गरी २०७१ असार २० गतेबाट सेवा निवृत्त हुनु भएको हो । सेवा प्रवेशको २ वर्षपछि प्रधानाध्यापकको जिम्मेवारी पाउनु भएका उहाँले प्रधानअध्यापकका रुपमा ३३ वर्ष विद्यालयको नेतृत्व गर्नु भयो । उहाँ माध्यमिक तहको प्रथम श्रेणीबाट सेवा निर्वृत्त हुनुभएको हो ।

पञ्चायती व्यवस्थामा करिब १५ वर्ष तत्कालिन इटहरा गाँउ पञ्चायतको प्रधानपञ्च रहनुभएका गुरागाईले २०३४ देखि २०४६ सालसम्म विद्यालय सञ्चालक समिति अध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो । हाल कार्यन्वयनमा रहेको विद्यालय व्यवस्थापन समितिलाई त्यति बेला विद्यालय सञ्चालक समिति भनिन्थयो । तत्कालिन समयमा प्राथामिक तहसम्म सञ्चालन भइरहेको विद्यालय गुरागाईकै कार्यकालमा निम्न माध्यमिक तह हुदै माध्यमिक तहसम्म स्तरोन्नति भएको हो ।

विविध कार्यक्रम सहित ५ दिनसम्म मनाइने स्वर्ण जयन्तीमा सिभिल इन्जिनियरिङ विषयको कक्षा सञ्चालन सम्बन्धि औपचारिक घोषणा गरिने छ । त्यसै गरी ५० आँै वर्ष गाँठको स्मारकका रुपमा निर्मण गरिएको स्वर्ण जयन्ती प्रवेशद्वार उद्घाटन र स्मारिका विमोचन गरिने कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!