हिपमत डटकम

आइतबार, चैत्र २९, २०७७ || 878  पटक पढिएको

याज्ञवल्क्य ऋषिद्वारा लिखित ग्रन्थ हो याज्ञवल्क्य स्मृति । उक्त स्मृतिमा राजनीति, समाज र व्यक्तिको दैनिकी बारेमा समेत विभिन्न सुझाव दिइएको छ । लोकाेक्तिमा समेत चर्चित रहेको साम, दाम (दान), दण्ड र भेदको नीति पनि याज्ञवल्क्यले आफ्नो स्मृति ग्रन्थमा उल्लेख गरेका छन् । उनले यसलाई चार प्रकारको राजनीतिक उपायको रुपमा उल्लेख गरेका छन् ।

कुनै पनि व्यक्ति आफ्नो शत्रु होस् या त प्रतिस्पर्धी । उसलाई आफ्नो वशमा राख्नको लागि कुन विधि अपनाउने त ? यस विषयमा याज्ञवल्क्य भन्छन् ‘सबैभन्दा पहिले उसलाई बढाइचढाइ गरेर आफ्नो पक्षमा ल्याउन सकिन्छ । यो नीतिलाई साम, आर्थिक प्रलोभन वा अन्य कुनै प्रलोभनमा पारेर राज गर्ने नीति दाम, फुटाउ र राज गरको नीति दण्ड र उसको केही कमजोरीलाई टेकेर उसलाई दण्डित गरेर ऊमाथि राज गर्नु दण्ड नीति अनुसार पर्छ ।

 

राज्यको नेतृत्व गर्ने राजनेता होस् वा सानो कुनै संगठनको प्रमुख नै किन नहोस् । एउटै नेतृत्वमा बसिरहनको लागि कुनै पनि महत्वाकांक्षी व्यक्तिले अपनाउने नीति विशेषगरी यिनै चार प्रकारको हो । राजकीय परम्परा एवं काम कारबाहीको यो उपायले अत्यन्त महत्व राख्छ । यी सबै नीतिहरु अमूर्त हुन्छन् । कुनै पनि कार्यको सफलताका निम्ति अपनाइने नियमित प्रक्रियाभन्दा बाहिरको प्रयोग नै उपाय हो । उक्त चार नीतिको संक्षिप्त व्याख्या याज्ञवल्क्य स्मृति अनुसार तल गरिएको छ ।

कसैको स्तुति गाएर आफ्नो नातासम्बन्ध वा कुनै कारणले आफूतर्फ आकृष्ट गराएर शत्रुलाई आफ्नो नियन्त्रणमा राख्न सक्नु नै साम हो । यो उपाय अन्तर्गत प्रियवचन बोलेर मीठो तरिकाले फकाएर कसैलाई आफ्नो वशमा पारिन्छ । युद्धको स्थिति नै आइलागेको समयमा सकेसम्म त्यसलाई टार्नका लागि साम नीतिको अवलम्बन गर्नु राम्रो हुन्छ । याज्ञवल्क्यका अनुसार यो सबैभन्दा पहिलो नीति हो । सकेसम्म यही नीति अरुमाथि कार्यान्वयन गर्नाले शान्तिपूर्ण हिसाबले कार्यसिद्धि हुने गर्छ ।

सामका पाँच प्रकार हुन्छन्
ती हुन् गुणसंकीर्तन, सम्बन्धोपाख्यायन, परस्परोपकारसन्दर्शन, आयतिप्रदर्शन र आत्मोपनिधान ।

गुणसंकीर्तन — कसैको स्तुति गरेर, उसको गुणको चर्चा गरेर उसलाई आफ्नो बनाई नियन्त्रणमा राख्नु नै गुणसंकीर्तन हो ।

सम्बन्धोपाख्यायन — आफ्नो पुर्खाको नाता सम्बन्ध देखाएर वा आफूले मीत वा कुनै प्रकारको साइनो जोडेर विपक्षीसँग जोगिने प्रक्रिया सम्बन्धोपाख्यायन हो । नेपालमा मल्लकालमा राजा जयस्थिति मल्लले छोरी भृकुटीलाई तिब्बतका राजासँग विवाह गरिदिई आफ्नो छुट्टै सम्बन्ध कायम गरेका थिए । नेपालको एकीकरणका सवालमा श्री ५ पृथ्वीनारायण शाहले भक्तपुरका राजासँग मीत लगाएरै काठमाडौं कब्जा गरेका थिए ।

परस्परोपकारसन्दर्शन — एक आपसमा सहयोगको लेनदेन गरेर सम्बन्ध राम्रो बनाउने प्रक्रिया परस्परोपकारसन्दर्शन हो ।

आयतिप्रदर्शन — आफ्नो शक्ति सामर्थ्यको हल्ला फिंजाएर अरुलाई सन्त्रस्त पार्दै आफ्नो पाशमा अल्झाइराख्ने सामर्थ्य आयतिप्रदर्शन हो ।

आत्मोपनिधान — आफू कमजोर भएको बुझेर विविध नाता सम्बन्ध तथा सम्पत्तिको प्रलोभनमा पारेर आफू मिल्न जानु नै आत्मोपनिधान हो । आत्मसमर्पण नै यसको स्वरूप हो । यसरी सामको विश्लेषण गरिएको छ । सहमति नै साम हो ।

दाम

कसैलाई सहयोग वा रकमले सन्तुष्ट बनाएर आफ्नो अनुकूल बनाउनु दाम हो । धन, द्रव्य आदिले कसैको उपकार गर्नु नै दान हो ।

भेद

शत्रुहरूलाई एकआपसमा लडाउने सामर्थ्य राजामा हुनुपर्दछ । शत्रुहरूबीचको आपसी द्वन्द्वले पनि राजालाई फाइदा हुन्छ । शत्रुका मनमा डर उत्पन्न गराइदिनु नै भेद हो ।

दण्ड

कुनै पनि व्यक्ति वा समूह राजा वा शासकका विरुद्धमा रहन्छ भने त्यसलाई कुनै उपायद्वारा निर्मूल गर्नु राजकीय दायित्व हो । साम, दाम र भेदले पनि उक्त समस्याको समाधान गर्न सकिएन भने दण्ड दिनैपर्ने हुन्छ । शत्रुलाई पराजित गर्नु राजाको प्रथम कर्तव्य हो । शत्रुलाई मारिदिनु, दुःख दिनु र धन खोस्नु नै दण्ड हो ।

यसरी राजाले चार प्रकारका उपायहरूको प्रयोगमार्फत शत्रुक्षय गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!