हिपमत डटकम

आइतबार, चैत्र २९, २०७७ || 488  पटक पढिएको

२९ चैत, विराटनगर । आयोजक विराटनगर–११ छैटौं संस्करणको विराट गोल्डकपको समिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगितामा भारतको सिलिगुडी युनाइटेड फुटबल क्लबलाई ३–० ले हराउँदै विराटनगर–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

विराटनगरको जितका लागि सुनिल खड्काले दुई र प्रकाश बुढाथोकीले एक गोल गरे । जितसँगै विराटनगरले चैत ३० गते हुने सशस्त्र प्रहरी बल, काठमाडौं र नेपाल प्रहरी काठमाडौंको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको २५ औं मिनेटमा सुनिल खड्काले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । प्रकाश बुढाथोकीले निकालेको क्रस पासलाई सुनिलले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमेको थियो ।

खेलको पहिलो हाफमा विराटगरले सिलिगुडीलाई दबाबमा राखे पनि थप गोल हुन सकेन । खेलको ८६ औं मिनेटमा विराटनगरका लागि प्रकाश बुढाथोकीले गरे । त्यसको दुई मिनेटपछि नै सुनिलले अर्को एक गोल थपे ।

खेलको म्यान अफ द म्याच दुई गोल गर्ने विराटनगरका सुनिल खड्का घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।

रात्रीकालिन फुटबल प्रतियोगिताको आइतबारको दोस्रो क्वाटरफाइनल खेल मच्छिन्द्र क्लब काठमाडौं र भारतको पन्जाव पुलिसबीच प्रतिस्पर्धा हुनेछ । पन्जाबले शनिबार टाइब्रेकरमा गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४–२ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!