हिपमत डटकम
तनहूँ,२१ माघ:पछिल्लो समय तनहूँको भानु ९ मा नकुल र अनुपाको बिषयलाई लिएर छिमेकी देखी आफन्तहरुले टिका टिप्पणी गरिरहेका छन् । दुई नाबालक छोरीहरु समेत लिएर केही महिना देखी अनुपा बेखबर छिन्, उनी कुमार कार्कीसंग हिडेको थाहा भएपनि अहिले सम्म कसैको सम्पर्कमा आएकी छैनन् र प्रहरीले समेत उनलाई खोजिरहेको छ । उता कुमार कार्कीको परिवारले समेत कुमार र अनुपालाई खोजिरहेका छन् । कुमार कार्कीको घर स्याङ्जा टक्सार हो । टक्सारमा कुमारका बृद्ध बाबु आमा मात्र बस्छन् । केही बर्ष पहिले नै आमा बाबुबाट भिन्दै बसेका कुमार पछिल्लो समय कसैको सम्पर्कमा छैनन् । कुमारको गाउँमा मानिहरुले कुमारले अनुपालाई लियर आउन आग्रह गरेका छन् । आफूहरुले आउने वाताबरण बनाईदिने र भएको घरमा मिलेर बस्न समेत आग्रह गरेका छन् । स्थानीय व्यक्ति साथै आमा समूहले समेत कुमार र अनुपालाई डर नमानी आउन आग्रह गरेका हुन् । हेर्नुहोस् यो स्थलगत रिपोर्ट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!