हिपमत डटकम

शनिबार, चैत्र २८, २०७७ || 1499  पटक पढिएको

अमेरिका निवासी गीतकार ज्ञानेश्वर तिवारीको शब्द,डेबिड शंकरको स्वर र दीपक शर्माको संगीतमा रहेको ‘मन पराएँ तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । राजु अघिकारी निर्देशीत भिडियोमा सरोज खनाल,रजनी केसी र सरोज दाहालको अभिनय छ ।

ओएसआर डिजिटलमार्फत शुक्रबार दर्शकमाझ ल्याइएको भिडियो काठमाडौ, चितवन र पोखराका बिभिन्न रमणीय स्थानमा खिचिएको हो । नारीका साथै देशका बिबिध प्राकृतिक सम्पदाहरुको बर्णन गरिएको गीतमा प्रेमाभाव मिश्रण गरिएको छ । गीतमा अभिनेता खनाल बाबु र अभिनेत्री रजनी छोरीको भूमिकामा अभिनीत छन् । अम्बिका तिवारी (अधिकारी) निर्मात्री रहेको गीत जयराम थापाले खिचेको हुन् । आशुतोष अधिकारी एसोसिएट निर्देशक रहेको भिडियो सम्पादन मन्दिल श्रेष्ठले गरेका छन् । गीतले स्रोतादर्शकको मन जितिरहेको जानकारी निर्देशक अधिकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!