हिपमत डटकम

शनिबार, चैत्र २८, २०७७ || 852  पटक पढिएको

बिराटनगर । पछिल्लो समयका चर्चित नाम हो पल शाह, जसले धेरै भन्दा धेरै म्युजिक भिडियो तथा फिल्ममा आफ़्नो अभिनय देखाइसकेका छन्। त्यसो त पछिल्लो समय उनले नखेलेको म्युजिक भिडियोहरु सायद कम नै होलान। लाखौ फ्यान बनाउन सफल भैसकेका नायक दर्शकको रोजाइका नायक तथा मोडल हुन।

जति म्युजिक भिडियो आए पनि दर्शक स्रोताले मन पराएकै हुन्छन, जसले गर्दा पनि म्युजिक भिडियो विभिन्न निर्माण टिमले पनि पल शाहलाई नै रोज्ने गर्दछन । उनले विभिन्न क्षेत्रबाट दर्जनौ अवार्ड हात पारिसकेका छन् भने हिजो मात्र २ ओटा अवार्ड हात पारेका छन। उनले हिजो भएको ११ औ बिन्दबासिनी म्युजिक अवार्ड र ज्योती फिल्म्स म्युजिक अवार्डमा पपुलर अवार्ड प्राप्त गरेका हुन ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् “आज सम्पन्न भएको दुई ओटा अवार्ड ११ औ बिन्दबासिनी म्य्युजिक अवार्ड र ज्योती फिल्म्स म्युजिक अवार्डमा पपुलर अवार्ड प्राप्त गर्न सफल भएको छु । धेरै धेरै धन्यबाद तपाई दर्शकहरुलाई यो माया अनि साथको लागी ? #thankyou”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!